समाचार

प्रचण्ड निवासमा पहिलो पटक मिडियाः यस्तो छ घर, नातिनीको जादुमय स्वरले लठ्ठै [भिडियो हेर्नुहोस]

आजको दिनसम्म उनलाई चिनाउन त्यही विशेषण झुन्ड्याइन्छ, ‘फलानोको नातिनी’
प्रचन्डको नातिनी’ भन्दा कस्तो लाग्छ ? प्रश्न सुनेर उनी फिस्स हाँसिन् । अघिल्तिर झुकेको कपाललाई पन्छाइन् । कालो जिन्स र कलेजी रंगको क्वाटर स्लिभ टिसर्टमा ठाँटिएकी । पार्शियल हाइलाइट कपाल । ठिक्कको मेकअप । स्मिता दाहाल ठूली भैसकेछिन् ।कुनैबेला एकल गीत लिएर राष्ट्रिय सभा गृहको प्रेक्ष्यलयमा उक्लदा उनी जम्माजम्मी ११ बर्षकी फुच्ची थिइन् ।त्यो बेलादेखि आजसम्म अविछिन्न संगीत-साधनामा छिन् । यसबीचमा पाँच दर्जन गीत रेकर्ड गराइसकिन् । तर, आजको दिनसम्म उनलाई चिनाउन त्यही विशेषण झुन्ड्याइन्छ, ‘फलानोको नातिनी’ । हामीले पनि उनलाई यही जिज्ञासा राखेका थियौं

उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहाली छोरी । रुची, गाउने र नाच्ने ।

स्मिताले उही शालिन मुस्कानका साथ भनेकी थिइन्, ‘हजुरबासँग जोडिएर आउँदा अबियस्ली प्राउड फिल हुन्छ ।’ दोस्रो पंक्तिमा उनले यो वाक्य पनि जोडिन्, ‘तर, म आफ्नै नाममा चिनिन चाहन्छु ।’स्मिताको पारिवारिक चिनारी यस्तो छ । उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहाली छोरी । रुची, गाउने र नाच्ने । उनको व्यवसायिक चिनारी भनेको, गायिका हो । बालगीत हुँदै मायाप्रेमसम्मका गीत गाएकी छिन् । तीन वटा एल्बम सार्वजनिक भइसकेको छ, स्मिता, स्मिता-२ र रागिनी ।

Loading...

Related Articles

Back to top button
Close