समाचार

जर्मनमा मस्त नव नायिका सुहाना ८ तस्बिरमा हेर्नुहोस्

काठमाडौँ जेठ ३१ । नायिका सुहाना थापा आफ्नो परिवार बुबा सुनिल कुमार थापा र आमा झरना थापा सँग जर्मनीमा छिन् । उनी ए मेरो हजुर ३ फिल्म लिएर पर्दशनको लागी जर्मन पुगेकी हुन् । अभिनेत्री झरना र सुहानाले केही देशमा ए मेरो हजुर ३ को पर्दशन सम्पन्न गरिसकेका छन् भने अहिले सुनिल कुमार थापा पनि सुहाना सँग जोडिएका छन् । सुहाना झरना र सुनिलकी एक मात्र प्यारी छोरी भएकाले उनको आमाबुबासँग निकै नजिक छिन् ।सुहानाले आफ्नो आमाबुबासँग रमाइलो गरिरहेको तस्बिर अहिले सामाजिक सञ्जालमा सेयर गरिरहेकी छिन् ।

सबैले सुहानाको परिवार निकै राम्रो भएको बताएका छन् । ए मेरो हजुर ३ को प्रदर्शन सकेर नेपाल फर्केपछि झरना आफ्नो अर्को प्रोजेक्टको लागि समय दिनेछिन् । झरनाको हातमा दुई चलचित्र रहेका छन्, ए मेरो हजुर ४ र भागवत गीता । यसमध्ये पहिले कुन चलचित्र निर्माण गर्ने भन्ने विषयमा झरना दोधारमा रहेकी छिन् ।उनले आफूलाई पहिले भागवत गीत बनाउन मन भएको तर सबैले ए मेरो हजुर ४ बनाउन सल्लाह दिइरहेको हुँदा सबै कुरा सोचेर पहिले कुन चलचित्र निर्माण गर्ने भन्ने कुराको घोषणा गर्ने बताएकी छिन् ।

Related Articles

Back to top button
Close