राशिफल

राजधानीबाट ३५ यात्रु लिएर गइरहेको बसमा अचानक आगलागी [पुर्ण रुपमा जलेर नष्ट]

काठमाडौं । राजधानीबाट ३५ जना लिएर गइरहेको बस दुर्घटनामा परेको छ । गुडिरहेको बसमा अचानक आगलागी भएको छ । पञ्चकूला जिल्लाको पिजौरमा दिल्ली बाट शिमलातर्फ गइरहेको एक यात्रुसहितको बसमा अचानक आगलागी भएको हो । आगलागी भएको बसमा कम्तीमा पनि ३५ जना सवार भएको जानकारी दिइएको छ ।

बसमा आगलागी भएको कुरा जानकारी पाएपछि चालकले देखाएको चलाखिले कसैलाई पनि केही हुन पाएन । आगलागी भएको खबर स्थानीयले अधिकारीहरुलाई गरेका थिए । सूचना पाउँने वित्तिकै दमकल लिएर आगो निभाउने काम गरिएको छ । यस दुर्घटनामा बस पुर्ण रुपमा जलेर खरानी भएको भए पनि यात्रुलाई भने केही हुन पाएन ।

बस चालकले दिएको जानकारी अनुसार बस भारतको राजधानी दिल्ली देखि शिमला तर्फ गइरहेको थियो । जब बस पिजौर पुग्यो तब धुँवा निस्कन सुरु भएको थियो । बसमा धुँवा निस्केको थाहा पाएपछि चालकले बसलाई रोकेर यात्रु सबैलाई झर्न लगाएका थिए । यात्रु निस्केपछि बसमा अचानक आगलागी भयो अनी त्यहाँ केही मानिसहरुले यसको भिडियो तस्वीरहरु खिच्न भ्याएका थिए । एजेन्सी

Related Articles

Back to top button
Close