समाचार

ज्ञानेन्द्र शाही बैसाखी टेकेर जब मिडियामा आएर गर्जिए, दिए ठाडो चेतावनी (भिडियो)

काठमाडौँ । भ्रष्टाचार विरोधी चर्चित अभियन्ता ज्ञानेन्द्र शाहीले आँफु अन्यायमा परेको बताएका छन् । राजधानीमा एक कार्यक्रमका बिच बोल्दै आँफु नेपाल प्रहरीका केही ब्यक्तिहरुले दिएको अमानवीय ब्यबहारले अहिले पनि विक्षिप्त बन्नु परेको आरोप लगाएका छन् । विश्वमा नै आँफुलाई अब्बल प्रहरीको दर्जामा राख्न सफल विश्वकै चर्चित प्रहरी मध्येको एक नेपाल प्रहरीले चर्चा कमाइरहेका बेला सोही संगठनका केही ब्यक्तिले आँफुलाई ज्यान लिने उदेश्यले गरेको अन्यायका बिरुद्ध आँफुले सँधै विरोध गर्ने बताएका छन् ।

आँफुलाई सुर्खेतदेखि काठमाडौँसम्म उल्टो हतगढी लगाएर १८ घण्टासम्म यातना दिँदै काठमाडौँ ल्याउने योजना बनाएका प्रहरी अधिकारीहरुलाई कडाभन्दा कडा कारवाहीको माग गरेका छन् । उनले आँफ्नो लडाई कुनै नेता र पार्टीसँग नभई आफ्नो लडाई विधिको शासन पालना नगर्ने नेता कार्यकर्ता र भोकमरीसँग भएको बताए ।

र कार्यक्रमको अन्त्यमा भने मलाई जस्तो अमानवीय ब्यबहार नेपाल प्रहरीका कुनै पनि अधिकारीले भोलीका दिनमा नगरुन् भन्ने कामना समेत उनले गरे । आफ्नो भाँचीएको खुट्दा देखाउँदै अभियन्ता शाहीले भने लोकतान्त्रिक गणतन्त्र आएको देशमा मलाई दिएको यातना म जिन्दगी भुल्ने छैन । तर म तेरो मेरो नभनी देश र जनताका लागी काम गर्नेछु । सो अवसरमा रमेश खरेल लगायतका वक्ताहरुले पनि आफ्नो धारणा राखेका थिए ।

Related Articles

Back to top button
Close