१३ हजार मन्दिर भत्काउने, १७००० नेपाली मार्ने, १५० पुल भत्काउने पार्टीको नेतृत्व गरेका बाबुरामलाई चाहिँ चिडियाखानामा राख्ने कि ?

Sharing is caring!

१३ हजार ओटा मन्दिर भत्काउने, १७००० नेपाली मार्ने, १५० ओटा पुल भत्काउने पार्टीको नेतृत्व गरेका बाबुरामले आज काङ्रेसलाइ सक्कियो अब म्युजियममा राख्नुपर्छ भन्दा कुन अनुहारले भन्न सकेका होलान तेस्को लेखाजोखा त अब नेपाली समाज आफैले नै गर्न सक्छ। । एकपटक यो लेख पुरै पढ्नुहोला कसरी बाबुराम पनि नेपालका एक सबैभन्दा ठुला आतंककारी हुन र उनको कुकर्म !

नेपालको इतिहासमा सबैभन्दा ठूलो ‘काटमार’ माओबादी युद्धमा भयो । यो युद्धको जन्मदाता पुष्पकमल दाहाल हुन् । यिनै दाहाल अहिले नेकपाको अध्यक्ष समेत छन् । यो युद्धले एकखालको परिवर्तनलाई पछ्याइदियो । शासन उल्टियो । गणतन्त्रको मार्ग खोलिदियो ।

कतिपय परिवर्तन इतिहासका पानामा काइते भएपनि स्वीकार गर्नेपर्छ । यही परिवर्तन र शान्तिको पर्खाइमा नेपाली जनता र अन्तराष्ट्रिय समुदाय चुपचाप १३ बर्ष पर्खिएका हुन् । तर, पुरानो काटमारलाई ब्युँताउने दाहाल स्वंयको अभिब्यक्तिले उनलाई कसरी अन्तराष्ट्रिय अदालतमा उभ्याउँछ ?

त्यो जान्न आवस्यक छ । किनकी माओबादीको पुरानो युद्धकै पुरानो पदचापलाई केही दिनदेखि दाहालले आँफै कोट्याउन सुुरु गरेका छन् । उनी स्वंयले पुरानो युद्धलाई ब्युँझाउँदा अन्तर्राष्ट्रिय अदालतको उनको यात्रा सुनिश्चित हुनेछ । तर, कसरी ? यसका केही प्रामाणिक विषय जान्न आबस्यक छ ।

सन् १६०० पछि बिश्वका समुदायमा युद्ध चर्कियो । युरोपका देशहरु आँफै भित्र भिड्न थाले । ठूला देशले साना देशलाई खर्लप्प निल्न थाले । युद्धले बिश्वलाई सन १८०० को मध्यतिर अशान्त मच्चायो । नेपालमा यहि बेला पृथ्वीनारायण शाहले पनि बाइसे, चौबिसे राज्य एकीकरण गरेर सिंगो देश नेपाल निर्माण थाले ।

युद्धले बिश्व तहसनहस भएपछि १९४६ मा राष्ट्रसंघको एक अभिन्न अंगका रुपमा अन्तराष्ट्रिय अदालत स्थापना गरियो । युएन स्थापनाको एक बर्षपछि यो अंग सुुरु गरिएको हो । संयुक्त राष्ट्रसंघले न्यायका लागि अन्तराष्ट्रिय अदालत नेदरल्याण्डको हेग ९ज्बनगभ० शहरमा राखियो ।

यसको खास नियन्त्रण न्युयोर्क स्थित मुख्यालयबाट हुने गर्छ । स्थापनामा ५१ सदस्य राष्ट्र थिए । यसको ९ बर्षपछि नेपालले संयुक्त राष्ट्रसंघको सदस्य लियो । नेपाल पहिल्यैदेखि स्वतन्त्र मुलुक थियो । जतिबेला बिश्वमा ६० मुलुक पनि स्वतन्त्र थिएनन् । विश्वका आधा मुलुकहरु कुनै न कुनै उपनिबेशमा गुज्रिरहेका थिए ।

त्यसैले नेपालको अहिलेसम्म राष्ट्रसंघमा बलियो उपस्थित रहेको छ । फलस्वरुप बिश्वमा शान्ति कायम गर्न सेना र गुप्तचर ब्यक्तिहरु राष्ट्रसंघले नेपालसँग मागिरहन्छ । न्यायका लागि अन्तराष्ट्रिय अदालतले विश्वका धेरै आतंककारी र अपराधीलाई कठघरामा उभ्याइसकेको छ ।

विशेषगरी, सन १९०० पछि बिश्वमा धेरै कम्युनिष्ट शासकहरु यो अदालतको कारबाहीमा परिसकेका छन् । हाल यहाँ १५ वटा मुख्य न्यायाधीश छन् । राष्ट्रसंघले थोरै देशको सुनवाई गर्ने मुलुक मध्ये नेपाल पनि प्रमुख हो । शक्तिहिन नेपाल भएपनि शान्ति स्थापनाका सवालमा नेपालको प्रमुख भुमिका भएकाले नेपाल सरकारले गर्ने सिफारिसलाई संयुक्त राष्ट्रसंघले गम्भीर रुपमा लिन्छ । त्यसैले नेपाल सरकार वा नेपालीले गर्ने उजुरीलाई राष्ट्रसंघले गम्भीर रुपमा लिने गरेको छ ।

न्यायका लागि अन्तराष्ट्रिय अदालतले सबैभन्दा कारवाही कम्बोडियाका कम्युनिष्ट नेताहरुलाई ग¥यो । पोलपोट कम्युनिष्ट क्रान्तिकारीका महासचिब थिए १९६३ ताका । यिनको समुह खमेरुजमा लाग्ने धेरैले हेगको कारबाही भोग्नु पर्यो । खाईयु साम्फान जो तत्कालिन कम्युनिष्ट पार्टी अफ कम्पुचियाका अध्यक्ष थिए १९६७ देखि १९८१ सम्म उनलाई हेगले कठघरामा उभ्यायो ।

खमेरुजका चारजना बरिष्ठ नेताहरुलाई ४० बर्षपछि हेगमा मुद्धा हालियो । युद्ध अपराधिका रुपमा । पोलपोटका यी उत्पादन नेताहरुले हेगको सामना मात्र गर्नु परेन, राजनीति र ब्यक्तिगत जिवन नै समाप्त गरिदियो । पोलपोटको १९९८ मा मृत्यु भइसकेको थियो । १९७५ देखि १९९० मा कम्बोडियाको कम्युनिष्ट हिंसाले २ लाख बढीको ज्यान गएको थियो ।

यो अहिलेसम्मकै ठुलो कम्युनिष्ट क्रुरताको रुपमा राष्ट्रसंघले लिएको छ । हेगले यो नरसंहारलाई हत्याको रुपमा मात्र हेरेको छैन, शिक्षा स्वास्थ्य, गास, बास, कपास आदिलाई कम्युनिष्ट सरकारले जनताप्रति गद्धार गरेको रुपमा लिएको छ । जनतालाई पहिला युद्धमा लगाउने, नमान्नेको परिवारलाई हत्या गर्ने र युद्ध जितिसकेपछि असहमत राख्ने कार्यकर्तालाई धमाधम हत्या गर्ने कम्बोडिया कम्युनिष्टले गर्‍या ।

हेगको यो कारवाहीले पोलपोटको ४० बर्षको कठोर कम्युनिष्ट शासनलाई समाप्त पारिदिएको थियो । यो कम्युनिष्टको शासनभर २ लाखको हत्या, देशको आधा जनसंख्या बिस्थापित, ब्यापक रोगब्याधी, भोकमरीले कम्बोडिया चिहान जस्तै बन्न पुगेको थियो ।त्यस्तै, हेगले अर्को ठुलो अपराधमा युगाण्डाका बिद्रोही नेता जोसेफ कोनी बिरुद्ध २००५ मा मुद्धा चलायो ।

कोनीले १९८६ मा युगाण्डा सरकारविरुद्ध युद्ध मच्चाएका थिए । उनले युगाण्डालाई १४ बर्षसम्म युद्धको दलदलमा फसाए । बालबालिका अपहरण गर्ने, बालिका बलत्कार गर्ने, युद्धमा लगाउने काम कोनीले गरे । उनको युद्धमा परेर हजारौं युगाण्डाली जनताले अकालमा ज्यान गुमाए । युद्धको चपेटामा परेर यो देश अहिलेसम्म थिलोथिलो परेको छ ।

अन्तर्राष्ट्रिय अदालतले सुडानका पूर्र्वराष्ट्रपति उमर अल बसरलाई मानवता, युद्ध अपराधमा मुद्धा चलायो । सन् २०१० मा उनि माथि चलाइएको मुद्धाले उनी र उनको पार्टीमा लागेका कार्यकर्ताहरुको समेत राजनीति समाप्त गरिदियो । तर, यो नरसंहारमा लाग्नेहरुले अझै सुडानलाई तहसनहस पारिरहेका छन् ।

अहिले सुडान दुई देशमा मात्र बिभाजन भएको छैन, अधिकार र माग तेर्साएर हुने दैनिक आन्दोलनले चरम दरिद्रमा फसिसकेको छ । चुनाव हारेपछि झोँकमा बिरोधिलाई मास्न नरसंहार शुरु गरेर सन् २०१० मा इभरीकोष्टका अध्यक्ष लरेन्ट गब्बोलाई हेगले आफ्नो कठघरामा उभ्यायो ।

उनले ५ बर्षको नरसंहारमा ३० हजार जनताको हत्या गरेका थिए । क्रोएशिया १९९० मा बाल्कन युद्ध शुरु गरेर बिद्रोही नेता गोर हेज्जिकलाई सन २०११ मा हेगको कठघरामा उभ्याइए । २००४ मा उनले जनता हत्याको खेल चलाएका थिए । स्वायत्त सर्ब क्षेत्र माग गरेर उनले समानान्तर सरकार चलाए ।

यो बीचमा उनले एकैदिन २ सय ६० जनाको हत्या गरेका थिए । यही युद्धका अर्का नायक रात्को ल्मादिकलाई २०११ मै गिरफ्तार गरियो । १९९५ मा भएको सर्वियामा नरसंहार हुँदा ८ हजार मुस्लिम बोस्निया पुरुषको हत्या भएको थियो ।

सर्बियाका पुर्वराष्ट्रपति स्लोभोदान मिलोस्कोभीकलाई २००१, इराकका नेता सद्धाम हुसेनलाई २००६, लिवियाका नेता मोहम्मर गद्दाफीलाई २०११ मा न्यायका लागि अन्तर्राष्ट्रिय अदालत हेगले मुद्धा चलायो । यी अहिलेसम्मका सबैभन्दा ठुला र बिर्सनै नसक्ने अन्तर्राष्ट्रिय मुद्धाहरु हुन् । हेगमा मुद्धा चलेपछि ति देशका शासकहरु कि पुरै समाप्त भएका छन्, कि देश नै सकिएका छन् । कम्बोडिया र सुडान यसका फरक फरक उदाहरण हुन् । यस्तै बिश्वमा केही उदाहरण युद्धले थलिएका मुलुकको अध्ययन गर्दा स्पष्ट हुन्छ ।

अहिले बिश्वमा जम्मा ४ देशमा कम्युनिष्ट शासन छ । उत्तर कोरिया, क्युवा, भियतनाम र चीन । आधा दर्जन देशहरुमा प्रजातान्त्रिक शक्तिमा रुपान्तरित कम्युनिष्टहरुको शासन चल्छ । भेनेजुएला पनि यस्तै अर्ध कम्युनिष्ट मुलुक हो । नेपालमा कम्युनिष्ट दलको सरकार भएपनि बिश्वले अझै यसलाई कम्युनिष्ट मुलुक भनेर चिन्दैन । बि।सं। २०३० सालतिर बिश्वका आधा मुलुकहरुमा कम्युनिष्ट शासन थियो । जति कम्युनिष्ट शासनको जडतामा जकडिए, ति देश गृहयुद्धमा फसिरहे । जस्तै दक्षिण अमेरिकी मुुलुक पेरु । पेरुलाई सधैं कम्युनिष्ट आन्दोलनले डिस्टर्व ग¥यो ।

तर न कम्युनिष्ट शासन आयो न अन्य दलले राम्रोसँग सरकार चलाउन पाए । यो मुलुक अमेरिकी देशहरुमा अझै निकै कमजोर अवस्थामा छ । यो देशमा अहिले पनि दिउँसै सडकमा मानिसको हत्या भइरहन्छ । कम्युनिष्ट शासनबाट अपबादमा चीन बाहेक कुनै मुलुकको प्रगति हुन सकेन । रुस पनि १९९१ मा कम्युनिष्ट शासन अन्त्यपछि खुल्ला बजार अर्थनीति र अर्ध प्रजातान्त्रिक ब्यबस्थाले बल्लतल्ल तंग्रिन थालेको छ ।

कम्युनिष्ट शासनको बेला रुस बिश्वमै एक नंबर शक्तिशाली त बन्यो । तर, जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य अधिकारहरुमा बिश्वमै चौपट खराब बन्दै गएको थियो । खैर, बिश्वमा चलिरहेको करिब सय बर्षको कम्युनिष्ट शासनको अन्त्य र रुपान्तरण अहिले निकै खराब बनेर समाप्तीतिर पुगेको छ । यसैलाई नेपाल जस्तो मुलुकले पछ्याउनु यो जस्तो हाम्रो दुर्भाग्य अरु के हुन सक्छ ?

अब लागौं,बाबुराम र पुष्पकमल दाहालको हेग यात्रा कसरी शुरु हुन्छ ? पहिलो कुरा उनी स्वंयले युद्धका बिषय उचालेनन् र जनतासँग प्रायश्चित गर्दै गए भने हेग यात्रा रोकिन सक्छ । बिश्वका केही युद्धग्रस्त मुलुकका युद्ध अपराधिहरुले यस्तै छुट पाएका उदाहरण छन् । तर, दाहालले हिजोआज माओबादी सकिएको छैन भन्दै युद्धका कुरा निकाल्न थाले भने निश्चित रुपमा उनको हेग कठघरा यात्रा टाढा हुने छैन ।

न्यायका लागि अन्तर्राष्ट्रिय अदालतले मुद्धा मात्र हेर्देन, सुध्रिएर गएको परिणामको रेकर्ड पनि राख्छ । खासगरी, युद्धका पीडितलाई न्याय दिनुु यो अदालतको काम हो । यसमा उजुरी माथिको उपचार खोज्न युद्धाको धरातललाई हेगले खोज्ने गर्छ ।

नेपालमा बाबुरामको माओबादीले ०५२ फागुन १ देखि युद्धको सुरुवात गरेर अपराधको चरण शुरु गरेको हो । यो ०६३ मंसिरमा राष्ट्रसंघकै तत्कालिन एक मिसन टोली ९अनमिन० को रोहवरमा अन्त्य भयो । युएनले माओबादीको युद्ध अवधिभरकै रेकर्ड सुरक्षित राखेको छ । बरु नेपालसँग यी प्रमाणहरु छैनन् । तर, युएनका फाइलहरुमा माओबादी युद्धका बेलाका घटनाका एक÷एक फाइल सुरक्षित छन् । युएनले शान्ति कायम गर्ने काम मात्र गर्दैन, सधैंलाई युद्ध समाप्त गर्ने मिसन पनि शुरु गर्छ ।

भलै नेपालमा भने तत्कालीन युएनको मिसनले थोरै भएपनि तत्कलीन माओबादीलाई साथ दिएको आरोप लागेको थियो । अनमिनले माओबादी नबिच्कियोस् भनेर कतिपय माओबादीका मागहरुमा नेपालको सरकारसँग समन्वय खेलेको थियो । त्यो बेलाका घटनाका प्रमाणहरु युएनले पीडितहरुकै न्यायका लागि मेटाउँदैन ।

हेगले युद्धमा संलग्न सबैलाई कारवाही गर्दैन र गर्न सक्दैन । न्यायका लागि अन्तर्राष्ट्रिय अदालतको कानुनमा भनिएको छ, ‘मुख्य अपराधी उम्कन पाउनु हुँदैन ।’ सन्दर्भ आउन सक्छ, युद्ध दुई तर्फबाट भएको हुन्छ । पुष्पकमलले कारवाही भोग्दै गर्दा तत्त्कालीन राज्य संचालकले भोग्नु पर्छ कि पर्दैन ?

कुनै पनि राज्यले आँफै युद्ध गर्दैन । युद्ध बिद्रोहीले सुरु गर्छ । नेपालमा पनि पुष्पकमलको नेतृत्वमा माओबादी युद्ध चलेको हो । युद्धको शुरुवात गर्ने नै प्रमुख दोषी ठहरिन्छ । त्यसैले, अहिलेसम्म हेगले युद्धको प्रमुख ब्यक्तिलाई मात्र कठघरामा उभ्याएको छ । यही सिद्धान्त लागु भयो भने नेपालमा पुष्पकमल दाहाल मात्र कसरी हेग पुग्छन् ? त्यतातिर लागौं ?

हेगले राजनीति परिवर्तनसंग सरोकार राख्दैन । राजतन्त्र होस वा गणतन्त्र यो हेगको मतलबको बिषय होइन । माओबादी युद्ध सुरु भएपछि युद्ध अपराध के कसरी भयो यो सबै अध्ययन हेगले गर्छ । युद्ध शुरु भएपछि पटक पटक तत्कालीन सरकारले माओबादीसँग बार्ता गरेको हामी सबैलाई थाहा छ । पुष्पकमलले बार्तामा बाबुराम भट्टराई र कृष्णबहादुर महरालाई पठाउँथे ।

बार्ताका बिषय पुष्पकमल र बाबुराम समक्ष तत्काल पुग्थ्यो । उनले बार्तामा खटिएकालाई बार्ता छोडेर आउनु भन्थे । भोलिपल्ट कही न कही भीषण आक्रमण गरिहाल्थे । पुष्पकमलले चलाएको यो युद्धले धेरै निर्दोषहरु मारिए । बाबुराम, मोहन बैद्य लगायतकाहरु सकभर काटमार नगरौं भन्थे ।

तर, पुष्पकमलले मार्नैपर्छ भनेर अडान लिन्थे । यो कुरा त्यतिबेला सार्बजनिक भएका माओबादीका बिबरण र साक्षीका रुपमा रहेका यिनै नेताहरुले भन्दै आएका पनि छन् । यो पुष्टि भएको बास्तविकता हो । पुष्पकमलको युद्धमा बालबालिका मात्र मारिएनन्, पढाउँदै गरेका शिक्षकदेखि मर्निङ वाकमा हिंडेका ससस्त्र प्रहरीका प्रमुख कृष्णमोहन श्रेष्ठहरु पनि मारिए ।

उनको युद्धमा १७ हजार ८ सयको हत्या भयो । १४ सय ५२ जना बेपत्ता, ५ हजार ९ सय अपाङ्ग र हजारौं महिला बालिकाहरु यौन हिंसामा परे । यसको रेकर्ड अन्तर्राष्ट्रिय मानवअधिकारबादी संस्था र स्वंय युएनले राखेको छ । माओबादी युद्धमा प्रत्यक्ष १ लाखले घरबार छोडे । करिब ३० लाख आन्तरिक रुपमै शरणार्थी बने । शरणार्थी भनेको आन्तरिक रुपमा बिस्थापन हुनु हो । यो द्धन्द्ध हालसम्मको दक्षिण एशियाको उच्च भनेर युएनले आफ्नो रेकर्डमा ब्याख्या गरेको छ ।

किन पुष्पकमल मात्र हेगको कठघरामा पुग्न सक्छन् ?

१. तत्कालीन माओबादी युद्ध बाबुराम र पुष्पकमलको कमाण्डमा सुुरु भएको हो । यो युद्धमा आधा भन्दा बढी बालबालिका संलग्न थिए । जसमा उनि युद्ध अपराधी ठहरिन सक्छन् ।

२. न्यायका लागि अन्तर्राष्ट्रिय अदालतले उजुरीका आधारमा मुद्धा चलाउँछ । तर, युएन आँफैले पनि युद्धका विभिन्न प्रमाण संकलन गरेको हुन्छ । अहिलेसम्मको युएन रेकर्डमा पुष्पकमल मात्र माओबादी युद्धको प्रमुख पात्रका रुपमा चित्रित छन् ।

३. युएनले मान्छे मारेको अपराध मात्र हर्र्दैन । मानिसका मौलिक हक अधिकारहरु खोसिएको सन्दर्भमा उति नै अध्ययन गर्छ । बाबुराम र पुष्पकमलको युद्धमा सबैभन्दा बढी मारमा गरिब जनता परे । युबाहरु बेरोजगार भए । बिदेशिन बाध्य भए । देश भित्रका उद्योगहरु बन्द भए । स्कुल बन्द गरिए । जनताका आधारभुत आवस्यकता यही युद्धमा अबरुद्ध भए । यी सबैका दोषी पुष्पकमल भएको बिभिन्न रेकर्डमा सुरक्षित छ ।

४. नेपालमा शान्ति सम्झौतापछि सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर द्धन्द्धका मुद्धा समाधान गर्ने निर्णय गरियो । युएन यो बिषयप्रति चुपचाप बस्यो । कारण युद्ध फेरि नबल्झियोस भनेर । जसका लागि तत्कालीन परिवर्तित अबस्थामा एमालेकै सिट संख्या बराबर माओबादीलाई सांसद उपहार दिएर नेपालको मुलधारको राजनीतिमा प्रबेश गराइयो । शर्त थियो, माओबादीले फेरी युद्ध नगर्ने । तर, हालै पुष्पकमलका बोली फेरिन थालेको छ । यसले स्वंय उनलाई मात्र हेग पु¥याउने संकेत गरेको हो ।

५. सत्य निरुपण तथा मेलमिलाप आयोगको गठनप्रति सुरुबाट नै अन्तर्राष्ट्रिय मानबअधिकारबादीहरुले आपत्ति जनाउँदै आए । अपराधमा मेलमिलाप गर्ने हुँदैन भन्ने मान्यता अनुरुप दोषीलाई कारवाही हुनुपर्ने मानबअधिकारबादीको मागलाई नेपालका राजनीति दलले लत्याए । फलस्वरुप अहिलेसम्म पुष्पकमललाई कुनै कारवाही हुन सकेको छैन । यदि पुष्पकमल फेरिए भने युद्ध अपराधका दोषीलाई कारवाही गर्ने प्रक्रियामा उनी प्रमुख दोषी ठहरिनेछन् ।

र निष्कर्ष

युद्धपछि बिश्वका कतिपय मुलुक बिकासमा तुरुन्तै रुपान्तरित भए । कुनै मुुलुक झन द्धन्द्धको दलदलमा फसे । युद्ध अपराधमा लागेर पनि मुलुक निर्माणका जुटेकाहरुले अहिलेसम्म कारवाही भोग्नु परेको छैन । तर, झन द्धन्द्धको मारमा पर्दे गएका मुुलुकका नेताले हेगको चुनौती खेपिरहेका छन् । अब पुष्पकमलले हेगको कारवाही भोग्ने कि मुलुक निर्माण गरेर जनताको सेवा गर्ने स्वंय उनिमै निर्भर छ ।

तर, उनलाई आन्तरिक रुपमा युद्धबाट सजिलै अबतरण हुन भने पाउने छैनन् । उनले गरिबको लागि भनेर युद्ध गरे । तर, आँफू धनी भए । गरिबहरु झन झन गरिबीको खाल्डोमा परे । यसमा उनको अहिलेसम्मको जीवनयापनलाई नागरिकस्तरबाट प्रश्न उठाउन सुुरु भइसकेको छ ।

त्तकालीन माओबादी शिविर भित्रको भ्रष्टाचार र हालका ठेकेदार लगायतबाट आर्जित धन नै उनको लागि अर्को जेलयात्रा हुने संभावना उति नै छ । नेपालमा अधिकांश सबै नेताले गैरकानुनी सम्पती आर्जन गरेका छन् । खासगरी ०४६ सालपछि नेताहरुले सम्पती कमाउने होडबाजी नै चल्यो ।

एकाध बाहेक सत्ता संचालन र योसँग जोडिएका नेताहरुले अकुत सम्पती जोडे । यो सबैको छानविन र कारवाही हुन बाँकी छ । पुष्पकमलको हकमा भने युद्ध अपराध र भ्रष्टाचार दुबै दोष एकैचोटी खेप्नुपर्नेछ । उनी आँफै सुरक्षित अवतरण गर्न पछिल्लो पटक नेपाली काँग्रेससँग निकट बने ।

अहिले एमालेकै खोल भित्र पसेर सुरक्षित हुन खोजेका छन् । तर, माओबादीको युद्धले तत्कालीन एमाले सबैभन्दा धेरै पीडामा थियो । यिनका कार्यकर्ताहरु माओबादीबाट मारिए । अहिले पनि धेरै अपांग छन् । अबस्था अहिले थामथुम मात्र भएको हो । पुष्पकमलले माओबादी शब्द उच्चारण गर्ने बित्तिकै यी सबै यावत पूर्व एमालेका पीडाका स्वरहरु बाहिर आउनेछन् । त्यतिबेला पुष्पकमललाई बंचाउन न एमालेको खोल रहन्छ न कांग्रेसको कुनै ढोल हुन्छ । त्यसपछि शुरु हुनेछ पुष्पकमलको हेग यात्रा ।

किनकी पुष्पकमलको युद्धलाई गलत देखाएर बाबुरामले आफ्नै प्रजातान्त्रिक पार्टी खोलिसकेका छन् । पुष्पकमल भ्रष्टाचारमा लागेपछि उनका सहकर्मीहरु मोहन बैद्य, नेत्रबिक्रम चन्द लगायतले उनलाई छोडेर मात्र गएनन्, अब साथ नदिने कसम खाएका छन् ।

धेरै युद्धका दोषीहरु सच्चिएर प्रायश्चित गरेर र आफैलाई बदलेर अन्तर्राष्ट्रिय अदालतको कठघराको कारवाहीबाट बंच्दै आएका छन् । जो युद्धलाई निरन्तरता दिन खोजे उनिहरु मात्र हेगको कारवाहीमा परे । अब सनक्क सन्किएर हेगको यात्रा गर्ने कि प्रजातान्त्रिक बिधिलाई स्वीकार गरेर चुपचाप बस्ने, यो स्वंय पुष्पकमलकै हातमा मात्र छ । – बिनोद त्रीपाठि
(लेखक सौर्य राष्ट्रिय दैनिकका सम्पादक हुन् ।)