मौसम विभागले भयानक आँधीबेहरी आउने चेतावनी दिएपछि सबै विद्यालय बन्द !

Sharing is caring!

काठमाडौं – चक्रपातले भारतलाई पछिल्लो समय सताइरहेको छ । ओडिशामा गत महिना फानी नामक आँधीले अस्तव्यस्त पारेको अवस्थामा चक्रपातले हाल गुजरातलाई झस्काएको हो ।

गुजरातमा भयानक आँधीबेहरी आउने चेतावनी मौसम विज्ञान विभागले दिएको छ । हावाको गति तेज गतिमा आइरहेको जनाइएको छ । अरब सागरबाट आएको तुफानको रफ्तार ७५ देखि १३५ किलोमिटर प्रतिघण्टा आउने विभागले जनाएको छ ।

मौसम विभागले दिएको चेतावनीपछि गुजरातका सबै विद्यालय बन्द गरिएका छन् । चक्रवात बिहीबार बिहान ६ देखि ७ बजेको बीच वेरावलको आसपास आउने अनुमान गरिएको छ ।

चक्रपात मंगलबार बिहान वेरावलको दक्षिणमा ६९० किलोमिटरको दूरीमा थियो । मौसम विभागले सौराष्ट्र क्षेत्रमा भारी वर्षा हुनेसमेत जनाएको छ ।उद्धार र राहतका लागि तयारी अवस्थामा रहनका लागि अधिकारीहरुलाई उर्दी जारी गरिएको छ ।

कुनै पनि उद्धार कर्मचारीलाई बिदा दिइएको छैन । भारतका विभिन्न स्थानमा अहिले पनि वर्षा भइरहेको छ । वर्षाबाट सतर्क रहन आग्रह गरिएको छ ।