समाचार

कोरियामा १ महिना पहिले सफल फोक्सो प्रत्यारोपण गरेका अमृत कुँवरको निधन

पर्वत फलेबास नगरपालिका खानिगाउँ ५ घर भई ईपिएस प्रणालीमार्फत रोजगारीको लागी लगभग ३ वर्ष पहिले कोरिया आएका वर्ष २६ का अमृत कुँवरको आज निधन भएको छ । ६ महिना पहिले कम्पनीमै अचेत भई उपचारको लागी हस्पिटल लगिएको थियो ।

राजधानी सउलको आन्याङस्थित हान्रिम शिक्षण मुटु अस्पताल (한림대학교성심병원) को आईसियूमा विगत ६ महिनादेखी उपचारार्थ कुँवरको फोक्सोमा फ्लु भएर फोक्सोले काम गर्न छोडेपश्चात १ महिना पहिले फोक्सोको सफल प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण पश्चात बोल्ने हाँस्ने अवस्थामा रहेको बिरामी अचानक हिँजोवाट संक्रमण भएर विरामी भएकोमा आज आईतबार निधन भएको छ । मृतक कुँवरको नवविवाहित श्रीमती रहेको छ ।

कोरियामा केही समय पहिले अमृत कुँवर बचाऊ अभियानवाट रकम संकलन गरिएको थियो । साथै फोक्सो प्रत्यारोपणका लागी नेपालीहरु मिलेर रक्तदान पनि गरिएको थियो ।

उपचारको लागी शुरुदेखी नै अहोरत्र खट्दै सहयोगी भूमिका खेल्नुभएका एन आर एन कोरियाका अध्यक्ष लक्ष्मी लामा गुरुङ्ग ज्यू ले निराश हुँदै दैवको अगाडी कसैको केही नलाग्दो रहेछ अब सम्हालिनु पर्छ आत्तिएर भएन भनेर भन्नुभएको छ । साथै घरपरिवारलाई सम्पर्क गरिएको जानकारी गराउनुभयो । र छिट्टै मृतकको शबलाई नेपाल पठाउने बारे पहल गरिने पनि बताउनुभयो ।

Related Articles

Back to top button
Close