समाचार

सडकबाट बेबारिसे बालक उठाएर रातारात मनकारी बनेकी कमलाको झुटको पर्दाफास, रुदै रोदन गरेको सबै अभिनय थियो (पुरा भिडियो)

काठमाडौँ । केहि दिन यता बेबारिसे बालक सडकबाट उठाएर ल्याएको भन्दै मिडियामा स्याबासी बटुलेकी महिला एका एक माफी माग्दै मिडियामा आएकी छिन । त्यसको कारण हो उनले यस अघि युट्युब च्यानलहरुमा बोलेको केहि कुराहरु झुट थियो । ति बालक सडकमा भेटेको नभएर आफ्नै गाउले बालक भएको खुल्नमा आएको छ ।

युट्युबमा उनको अन्तर्वार्ता भाइरल बनेपछि चिनजानका मानिसहरुले महिलाले गलत बोलेको भन्दै ति भिडियो बनाउने युट्युब च्यानल संचालकहरुलाई फोन कल र म्यासेज आउन थालेपछि ति महिलाको झुटको खुलासा भएको हो । उनीहरुका अनुसार ति महिलाले बालकको प्रयोग गरेर सहयोग रकम संकलन गरि आफ्नो स्वार्थ पुरा गर्ने हुन सक्छ ।

वास्तविकता थाहा पाएपछि एक युट्युब च्यानलले कमला नाम गरेकी ति महिलासंग स्पष्टिकरण लिएका छन । उनले केहि प्रमाणहरु सहित महिला माथि प्रश्न गर्दा उनले आफ्नो गल्ति स्वीकार गरेका छन । सडकबाट उठाएर ति बालकलाई आफ्नो घर ल्याएको भनेकी उनले अहिले भने चिनजानको दिदिकोबाट ल्याएको भनेर स्वीकारेकी छन । यी कुराहरु झुट बोलेको भनेर उनी आफैले स्वीकार गर्दै माफी पनि मागी सकेकी छन । उनले आफ्नो बचाउ गर्दै बालकको पढाइको लागि मात्र झुट बोलेको जिकिर गरेकी छन ।

पुरा भिडियो हेर्नुहोस :

Related Articles

Back to top button
Close