समाचार

गएराती नेपाल आइपुगेकी बलिउड चर्चित गायिका नेहा कक्करले आज ठमेलमा प्रस्तुती दिँदै, यि स्थानमा जाने होइन त नेहालाई हेर्न ?

काठमाडौं । बलिउडकी चर्चित गायिका नेहा कक्करले नेपाल आइपुगेकी छिन् । उनले आज काठमाडौंमा आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ । सांगीतिक प्रस्तुतिका लागि पहिलो पटक काठमाडौं आएकी नेहालाई पारामाउन्ट इन्टरटेन्मेन्टले ठमेलमा रहेको २५ सय दर्शक क्षमताको लर्ड अफ् ड्रिङ्स (एलओडी) मा प्रस्तुत गर्न लागेको हो । नेहा कक्कर लाइभ’मा नेहाले आफ्ना लोकप्रिय गीत संगीत प्रस्तुत गर्दैछिन् । नेहा कक्कड लाइभ’ कार्यक्रम भोली राति ८ बजेपछि प्रारम्भ हुनेछ ।

इण्डियन आइडल सिजन २ बाट प्रतिस्पर्धीको रुपमा सांगीतिक यात्रा शुरू गरेकी नेहाले इण्डियन आइडल सिजन १० मा निर्णायकको रुपमा समेत भूमिका निभाइसकेकी छिन् । उनका लोकप्रिय गीतहरूमा इस्मे तेरा घाटा’, मिले हो तुम हमको’, काला चस्मा’, आँख मारे’, कोकाकोला’, नैना’, गल्ली गल्ली’, दिलवर दिलवर’, सावान आया है’, धदिङ नाच’, लण्डन थुमक्डा’, दो पेग मार’, मैं तेरा ब्वाइफ्रेण्ड’ आदि लगायतका कैयौँ गीतहरु चर्चित छन् ।

Related Articles

Back to top button
Close