समाचार

गायिका सुनिता थेमिम, श्रेया राई लगायत अन्य २ कलाकार मलेसियामा पक्राउ

राम आङदेम्वे दमक:
मलेसिया । इदको अवसर पारेर मलेसियामा आयोजित कार्यक्रममा आएका नेपाली कलाकारहरु पक्राउ परेका छन् ।

साङ्गीतिक मनोरञ्जन गराउन मलेसिया आइपुगेका कलाकारहरुलाई यहाँको अध्यागमनले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय कलाकारका साथै नेपालबाट आएका कलाकारसमेत छन् ।

एसएसओजी ग्रुपद्वारा आयोजित सो कार्यक्रममा नेपालबाट आएका गायिका सुनिता थेगिम, श्रेया राई, सुजन आङदम्बेसहित स्थानीय कलाकार र आयोजक पक्राउ परेका हुन् ।

मलेसियाको क्वालालम्पुस्थित कोताया कम्पेल्क्समा भएको कार्यक्रममा अध्यागमनले स्थानीय समयअनुसार ३ बजे छापा मारेको थियो । नेपालबाट आएका कलाकारले आफ्नो प्रस्तुति दिन नपाउँदै अध्यागमनले छापा मारेपछि कार्यक्रम नै स्थगित भएको थियो ।

कार्यक्रम स्थलमै प्रहरीले छापा मारेपछि उपस्थित दर्शकहरु त्रसित बनेको थियो ।
पक्राउ परेका आयोजक र कलाकारहरुलाई पुत्राजाया अध्यागमनमा राखिएको छ । मलेसियामा साङ्गीतिक कार्यक्रम गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने व्यवस्था छ ।

Related Articles

Back to top button
Close