समाचार

पक्राउ परेका ज्योतिषी अर्जुन क्षेत्रीलाई प्रहरीले यस्तो अवस्थामा सार्बजनिक गर्यो, ऐन अनुसार यति ठुलो सजाय हुन सक्ने (पुरा भिडियो हेर्नुहोस)

काठमाडौँ । महाभूकम्प आउँछ भन्ने हल्ला फैलाएको आरोपमा पक्राउ परेका ज्योतिषी अर्जुन क्षेत्रीले प्रहरी नै चकित पर्ने बयान दिएका छन् ।

३६ वर्षीय क्षेत्रीले अनुमानकै भरमा भविष्णवाणी गरेको बयान प्रहरीलाई दिएपछि प्रहरी नै चकित परेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएर बयान लिने क्रममा अनुमानकै भरमा सो कुरा बताएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका क्षेत्रीलाई मंगलबार गौशालाबाट पक्राउ गरिएको हो ।

सिनामगंलमा काशी विश्वनाथ रत्न प्रा।लि। कार्यालय सञ्चालन गर्दै आएका क्षेत्रीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यूट्यूव भिडियोमा जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने बताएपछि उनी झनै चर्चामा आएका थिए ।

पक्राउ परेका क्षेत्रिमाथि विपद् जोखिम व्यवस्थापन ऐन २०७४ अन्तर्गत ६ महिना कैद र १ लाख जरीवाना हुनसक्ने बताइएको छ ।

यो पनि

अस्ट्रेलियाबाट नेपाल फर्किएका रबि लामिछाने सिधै एयरपोर्टबाट ट्रमा सेन्टर पुगे, रबि लामिछानेलाई भेटेपछि ज्ञानेन्द्र शाही धरधरी रोए (पुरा भिडियो)

काठमाडौँ । केही दिन देखि अष्ट्रेलियामा रहेका लोकप्रिय पत्रकार रवि लामिछाने मंगलबार नेपाल फर्किएका छन्। उनी फर्किएपछि एयरपोर्टबाट सिधै सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीलाई भेट्न ट्रमा सेन्टर पुगेका थिए। शाहीले आफुलाई अँगालो हालेर रोएको रविले बताएका छन्। आफुले यस घटनाबारे सबै वृस्तृत रुपमा बुझ्न बाँकी रहेको उनको भनाई छ । उनले जति नै गाली गलौज गरे पनि यातना कुनै पनि व्यक्तिलाई दिन नहुने जनाए ।

गत १५ गते गणतन्त्र दिवसको दिन सुर्खेतमा आयोजित भ्रष्टचार विरुद्ध कार्यक्रमबाटै प्रहरीले शाहीलाई विना पुर्जी लछारपछार गर्दै पक्राउ गरेको थियो। पक्राउ पछि प्रहरीले यातना दिएकै कारण ठाउँको, खुट्टा र शरीरको विभिन्न भागमा गहिरो चोट लागेर गम्भीर घाइते भएका थिए। पत्रकारलाई गाली गरेको अभियोगमा उनीमाथि साइबर क्राइमको मुद्दा लागेको छ।

प्रारम्भिक अनुगमनका क्रममा शाहीलाई प्रहरीले यातना दिएर घाइते बनाएको र उनलाई पक्राउ विनपूर्जी पक्राउ गरेको पाइएको मानवअधिकार आयोगलेले विज्ञप्तिमार्फत जनाएको छ ।

साथै, शाहीको प्रभावकारी स्वास्थ्य उपचार गर्न र घरपरिवारलाई भेटघाटको व्यवस्था मिलान आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । यातना दिएको उजुरी परेपछि आयोगले १७ गते घटनाको अनुगमन गरेको थियो ।

हाल शाहीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था निकै कमजोर रहेको छ। उनी निकै रोईरहेका छन् र छिन् छिन् मै बेहोस पनि भएका छन्। अस्पतालमा शाहीका समर्थकले ‘ज्ञानेन्द्र शाहीलाई रिहाइ गर’ देखि उपचार खर्च निशुल्क गर भन्दै नारा लगाई रहेका छन् ।

हेर्नुहोस भिडियो :

यो पनि

अन्तत भूकम्प आउछ भन्दै जनतामा त्रास फैलाउने ज्योतिष अर्जुन क्षेत्री पक्राउ

काठमाडौं, २१ जेठ । विगत केहि महिना देखि निरन्तर हचुवाको भरमा भविश्यवाणी गर्दै सर्बसाधारण माझ आतंक फैलाउदै आएका ज्योतिष अर्जुन क्षेत्री पक्राउ परेका छन । उनले देशमा ठुलो शंकट आउने र जेठ महिना भित्रै ६ देखि ७ रेक्टर स्केलको भूकम्प आउने भन्दै युत्युब च्यानलहरुमा अन्तर्वार्ता दिदै आएका थिए ।

आफुलाई फेस रिडर भन्दै हिडेका उनले बिना आधार भूकम्प र अन्य घटनाहरुको भविष्यवाणी गर्दै आएका थिए । उनको त्यस प्रकारको हर्कदको विरुद्द विश्व ज्योतिष महासंघ समेत लागेको थियो । केहि महिना अघि उनलाई बोलाएर सम्झाएर पठाए पनि पुन: उनले त्यस्तै प्रकारको हर्कद गर्न थालेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा २६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो । उनलाई कारवाही गर्नु पर्ने माग ज्योतिष समाजले नै गर्न थालेका थिए ।

कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो पनि

३८ वर्ष ध्यान गरिसकेका अघोर बाबाले नै भने : ध्यानले भूकम्प आउने कुरा थाहा हुदैन, अर्जुन क्षेत्रीले सोझा जनतालाई आतंकित बनाउदै छ, यो पाप हो (पुरा भिडियो)

काठमाडौँ । ज्योतीष अर्जुन क्षेत्रीलाई धेरैले हावाका कुरा गर्ने व्यक्तिका रुपमा हेर्ने गर्छन भने कतिले उनलाई भगवान नै मान्ने गरेका छन् । उनी धेरै बोल्छन् तर जे बोलेका छन् त्यो आजसम्म नपुगेको भने बिरलै होला ।

यतिबेला भने ज्योतीष अर्जुन एक अन्तर्वार्तामार्फत यहि जेठ २८ गते भित्रै ६ देखि ७ रेक्टर स्केलको भूकम्प जाने खतरा देखाएका छन् । उनले भनेका छन्, नेपालगञ्ज, रुपन्देहिसहित दाङ जिल्लाकै आसपास केन्द्रविन्दु भएर भूकम्प जाँदैछ सबै सजग भएर बस्नुहोला ।

अर्जुनले २०८० साल भित्रै तोकतन्त्र ढल्ने र पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाह राजा बन्ने ठोकुवासमेत गरेका छन् । तपस्वी रामबहादुर बम्जनलाई लागेको आरोप पनि झुटो आरोप भन्दै उनले आक्रोषित हुँदै आफ्नो मनको भाव पोखेका छन् । उनले भनेका छन्, बम्जन एउटा धर्म अनुसायी हुन्, उनले बलात्कार गर्नै सक्दैनन् । यो कुरा तपाई हामिले त आजसम्म पुष्टि गर्न सकेका छैनौँ या त अर्जुनको ज्ञानले के देख्यो त्यो पनि हामि भन्न सक्दै ।

त्यसैले यो कुरा कतिको साँचो हो भन्ने समयले बताउँदै जानेछ हामि त्यसैमा विश्वास गरौँ । अर्जुजले अहिलेसम्म भनेका कुराहरु धेरै मिलेका छन् त्यसैले पनि उनी अहिले सर्वत्र चर्चामा रहेका त्योजीष बनेका छन् । अब यस अन्तवार्तामा भनेका कुरा भने कति मिल्न जान्छन् त्यो आउदा दिनले नै बताउला ।

अर्जुन क्षेत्रीको उक्त दावीलाई मृतुन्जय अघोर बाबाले भने खण्डन गरेका छन । जनतालाई आतंकित नबनाउन क्षेत्रीलाई आग्रह समेत गरेका छन । बिगत ३० वर्ष देखि अघोरीबाबा बनेका मृतुन्जय बाबासंग भूतप्रेत, किचकन्या र अन्य विषयमा कुराकानी गरिएको छ । काठमाडौँमा जन्मिए पनि उनि ५ वर्ष देखि अनाथ भएका थिए । त्यसपछि उनि आश्रमको साहारामा पुगेका थिए । त्यसपछि उनि बाजेको साहारामा भारत पुगेका थिए ।

उनि भारत गएर अघोरीबाबाको शरणमा पुगे । त्यसपछि सुरु भयो उनको अर्को जीवन । आज उनि ६१ वर्ष पुगी सके तर २० वर्षको हुदा देखि सिकेको अघोरबाबाको ध्यान अझै दिन रात जब्छन । बाबा बनेर एक्लै घाटमा बसेकै वर्षौ भैसक्यो ।

उनै अघोर बाबासंगको कुराकानी हेर्नुहोस :

Loading...

Related Articles

Back to top button
Close