समाचार

नायिका श्वेता खड्काले छाडेपछी ‘हेल्लो जिन्दगी’मा आइन् प्रियंका कार्की…

काठमाडौँ । नायिका श्वेता खड्का केही महिना यता गम्भीर बिरामी परेकी छिन् । एक पछि अर्को रोगले उनलाई ग्रसित बनाएको छ । चलचित्र ‘हेल्लो जिन्दगी’को छायाङ्कनको लागी युरोप पुगेकी श्वेता गर्धनमा समस्या आए पछि उनी उपचारको लागी भारतको दिल्ली पुगिन् । उनको घाँटीको अप्रेसन गरी ट्युमर सल्लेक्रिया भयो । ट्युमरको अप्रेसन पछि श्वेतालाई प्यारालाइसिस भएको छ । उनलाई धेरै बोल्न मिल्दैन भ्वाइस रुष्टको लागी श्वेता यति बेला बेड रेष्टमा छिन् । उनी अहिले धेरै बोल्न पनि सक्दैनन् । निर्देशक तथा निर्माता एभरेस्ट सूर्य बोहोराले अभिनेत्री श्वेता केही दिनमै हेल्लो जिन्दगीको सुटिङमा फर्कने विश्वास लिएका थिए ।

तर श्वेताले लामो समयसम्म बेड रेष्ट लिन पर्ने भएपछि ‘हेलो जिन्दगी’ मा नयाँ नायिकाको प्रवेश भएको छ । यो फिल्ममा नायिका प्रियङ्का कार्कीले श्वेताको स्थान लिएकी छन् । बिहीबार मात्रै प्रियंकाले फिल्मको सट दिइन् । केही साताको छायाङ्कन पछि फिल्म युनिट सँग आफू युरोप जाने प्रियंकाले बताइन् । ‘हेल्लो जिन्दगी’मा प्रियंका सँगै नायिका दीपिका प्रसाईँको मुख्य भूमिका छ । श्वेता बिरामी परेपछि रोकिएको छायाङ्कन प्रियंकाको प्रवेशसँगै सुरुवात भएको छ ।

Related Articles

Back to top button
Close