समाचार

कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा काठमाडौंमा

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा बालुवाटारमै रहेको दाबी गरेका छन् ।नेपाल शिक्षक संघ प्रदेश–५ को सभालाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्रीले निर्मलाको हत्यारा पत्ता लाग्न १२ वर्ष लाग्छ भनेर किन भन्नु भएको थाहा छ ? किनकी हत्यारा बालुवाटारमै छ ।’कार्यक्रममा बोल्दै कोइरालाले सुनकाण्डका दोषी पनि बालुवाटारमै रहेको बताए । सुनकाण्डका दोषी प्रधानमन्त्रीसँगै चाइनादेखि भियतनाम पुगीरहेको दाबी गरे ।‘राजासँग झुक्न सल्लाह दिए’डा. कोइरालाले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले आफू थुनामा रहेका बेला राजासँग सम्झौता गर्न दवाव दिएको समेत बताएका छन् ।

‘२०६२/०६३ को जनआन्दोलन बेलामा राजालाई तपाईंहरूलाई छोड्दैन हस्ताक्षर गरेर छुट्नुस् भन्नुभएको थियो’ उनले भने, ‘उहाँ त्यतिबेला वयलगाडा चढेर अमेरिका पुगिन्छ भन्दै हिंड्नुहुन्थ्यो ।’आफूहरू लोकतान्त्रिक आन्दोलनमा लागेका बेला प्रधानमन्त्री ओली पक्राउ पनि नगरेको उनले स्मरण गरेँ ।प्रधानमन्त्री ओली शक्तिको भोको रहेको कोइरालाको दाबी छ । उनले भने, ‘ओलीजी सर्वसत्तावाद, अधिनायकवाद र निरंकुशतावादको ठ्याक्कै प्रतिबिम्ब हो ।’पाँचथर– गएको जेठ ६ गते राति पाँचथरको मिक्लाजुङ गाउपालिका–३ आरुबोटेको २ घरमा भएको विभत्स हत्याकाण्ड मानबहादुर माखिमले नै गरेको प्रहरीको स्थलगत अनुसन्धानले प्रारम्भिक निष्कर्ष निकालेको छ ।घटनाको स्थलगत अनुसन्धानले विभत्स हत्या भएको अर्काे दिन जेठ ७ गते झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका मानबहादुर माखिमले नै सबैको हत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रहरीका अनुसार घटना स्थलमा भेटिएको खुकुरी आत्महत्या गरेका माखिमको रहेको थियो । त्यस्तै माखिमले झुण्डिन प्रयोग गरेको डोरीसँग मिल्ने डोरी पनि माखिमकै कोठामा भेटिएको थियो ।माखिमले प्रयोग गरेको मोबाइल पनि त्यस समयमा घटनास्थल

आसपास नै लोकेसन देखिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुवँलले बताउनुभयो । स्थलगत अनुसन्धानमा फेला परेका प्रमाणलाई आधार मान्दै अहिलेसम्म माखिमकै मात्र संलग्नता देखिएको कुवँरको भनाइ रहेको छ ।प्रहरीले शंका गरेका व्यक्ति हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ हुन् । एकै रातमा ९ जनाको विभत्स हत्या गरेर माखिमले अर्काे दिन झुण्डिएर आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।जेठ ६ गते २ घरमा भएको कारुणिक हत्याकाण्डमा ७५ वर्षीय बमबहादुर फियाकसँगै उनका श्रीमती पुर्सिमाया फियाक, छोरीहरु २६ वर्षीया मनकुमारी फियाक र १२ वर्षीया श्रेयाको हत्या भएको थियो । यस्तै ४१ वर्षीय धनराज शेर्मासहित उनका परिवारहरु ३६ वर्षीया श्रीमती जस्मिता फियाक, छोरीहरु ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्माको विभत्स हत्या गरिएको हो ।

बमबहादुर र धनराज ज्वाइँ, ससुरा हुन् ।घटना स्थलमा भेटिएका प्रमाणहरु परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । प्रयोगशालाको रिपोर्ट आएपछि घटनामा अरुको पनि संलग्नता छ/छैन भन्ने खुल्ने प्रहरीले वताएको छ ।प्रहरीले माखिममाथि निगरानी नराख्दा ठूलो घटना भयो : मन्त्री कार्कीप्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्किले प्रहरीले समयमै माखिममाथि निगरानी गर्न नसक्दा ठूलो हत्याकाण्ड भएको बताउनुभएको छ ।बिहीबार प्रदेशसभामा जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । स्थानीयले पनि नुनकाण्डदेखि नै शंकाको घेरामा रहेका माखिममाथि प्रहरीले निगरानी राखेको भए यस्तो ठूलो घटना नघट्ने बताएका छन् ।विभत्स हत्याकाण्ड हुनु केही दिनअघि जस्मिता फियाकको घरमा सञ्चालन भएको तालिमका सहभागीलाई दिइएको थुक्पाको खाजामा सिसाजस्तो देखिने बस्तु मिसाइएको थियो ।त्यतिखेर तालिममा सहभागी ८ जना बिरामी परेका थिए । नुनकाण्डमा स्थानीयले माखिमलाई शंका गरेका थिए । तर त्यस घटनाको प्रहरीले अनुसन्धान गरेको थिएन ।

Related Articles

Back to top button
Close