समाचार

अब विश्वकै सस्तो बिजुली नेपालमा निकाल्छु : कुलमान

सिमरा : विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले अवको दश पन्ध्र वर्षपछि नेपालको विद्युत विश्वकै सस्तो हुने बताएका छन् ।बाराको सिमरा विमानस्थलमा पत्रकारहरुसंगको कुराकानीमा घिसिङ्गले उक्त कुरा बताएका हुन ।नेपालमा सञ्चालित हाईड्रो पावरहरु निजि क्षेत्रले बढिमा ३० वर्ष सम्म सञ्चालन गर्ने र त्यसपछि सरकारलाई हस्तान्तरण हुने हु“दा बिजुलीको मूल्य सस्तो घिसिङ्गको भनाई थियो । घिसिङ्गले भने ‘निजि क्षेत्रले २०–३० वर्ष पछि सरकारलाई हाईड्रो पावर हस्तान्त रण गरेपछि सञ्चालन खर्च मात्र लाग्छ, जसले गर्दा हामी विश्वकै सस्तो दरमा विजुली वितरण गर्न सक्छौं, यो भावि पुस्ताका लागि खुशीको खबर हो’ ।

नेपालका ठूला उद्योगहरुले प्रयोग गरिरहेको ट्रंक लाईनका सम्वन्धमा स्वीकृति नलिई २४ सैं घण्टा विद्युत आपूर्ति हु“दाको अवस्थामा हामीले उद्योगले सो अवधिको महशुल तिर्नु पर्छ भनेका हौं । उनले भने ‘अहिले बजारमा हल्ला चले जस्तो उद्योगले महशुल नबु झाएको होइन, लोडसेडिङ्गका बखत स्वीकृति नलिई २४ सैं घण्टा विद्युत आपूर्ति भएको समयको महशुल मात्रको कुरा हो । हामीले थप अनुसन्धान गर्दैछौं, लोड सेडिङ्गका समयमा विद्युत प्रयोग गरेका सवै उद्योगले ढिलो चा“डो महशुल बुझाउनु पर्छ ।’घिसिङ्ग सिमरा विमानस्थल हु“दै विश्व बैंकले आयोजना गरेको ‘प्रदेश ३ का सवै क्षेत्रमा विद्युतिकरण’ कार्यक्रममा सहभागि हुन हेटौडा आएको हुन ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले अवको दश पन्ध्र वर्षपछि नेपालको विद्युत विश्वकै सस्तो हुने बताएका छन् ।बाराको सिमरा विमानस्थलमा पत्रकारहरुसंगको कुराकानीमा घिसिङ्गले उक्त कुरा बताएका हुन ।नेपालमा सञ्चालित हाईड्रो पावरहरु निजि क्षेत्रले बढिमा ३० वर्ष सम्म सञ्चालन गर्ने र त्यसपछि सरकारलाई हस्तान्तरण हुने हु“दा बिजुलीको मूल्य सस्तो घिसिङ्गको भनाई थियो । घिसिङ्गले भने ‘निजि क्षेत्रले २०–३० वर्ष पछि सरकारलाई हाईड्रो पावर हस्तान्त रण गरेपछि सञ्चालन खर्च मात्र लाग्छ, जसले गर्दा हामी विश्वकै सस्तो दरमा विजुली वितरण गर्न सक्छौं, यो भावि पुस्ताका लागि खुशीको खबर हो’ ।

नेपालका ठूला उद्योगहरुले प्रयोग गरिरहेको ट्रंक लाईनका सम्वन्धमा स्वीकृति नलिई २४ सैं घण्टा विद्युत आपूर्ति हु“दाको अवस्थामा हामीले उद्योगले सो अवधिको महशुल तिर्नु पर्छ भनेका हौं । उनले भने ‘अहिले बजारमा हल्ला चले जस्तो उद्योगले महशुल नबु झाएको होइन, लोडसेडिङ्गका बखत स्वीकृति नलिई २४ सैं घण्टा विद्युत आपूर्ति भएको समयको महशुल मात्रको कुरा हो । हामीले थप अनुसन्धान गर्दैछौं, लोड सेडिङ्गका समयमा विद्युत प्रयोग गरेका सवै उद्योगले ढिलो चा“डो महशुल बुझाउनु पर्छ ।’घिसिङ्ग सिमरा विमानस्थल हु“दै विश्व बैंकले आयोजना गरेको ‘प्रदेश ३ का सवै क्षेत्रमा विद्युतिकरण’ कार्यक्रममा सहभागि हुन हेटौडा आएको हुन ।

Related Articles

Back to top button
Close