समाचार

“मैले धेरै माया गर्ने मान्छे हो विप्लव , हामीले नै मिलेर यो परिवर्तन ल्याएका हौँ” : प्रचण्ड

काठमाडौँ : सत्तारुढ नेपाल कम्नियुष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले नेत्र विक्रम चन्द “विप्लव” लाई वार्ता र संवादबाट शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेका छन् ।बुधबार रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलासँगको अन्तरवार्ताका क्रममा अध्यक्ष प्रचण्डले आफूसँग नजिक बसेको साथी भएको नाताले सुझाव दिँदै संवादबाट समस्याको समाधान गर्नुको विकल्प नभएको बताएका हुन् ।

विप्लव समूहले पछिल्लो समय हिँमसात्मक क्रियाकलापलाई जोड दिईरहेको बेला समस्याको समधान के हुन्छ भन्ने कार्यक्रम संचालक धमलाको प्रश्नमा प्रचण्डले भने,”सबैभन्दा राम्रो, राजनीतिक वार्ता र संवादबाट समस्याको हल गर्नु बाहेक उत्तम केहिपनि छैन, मैले आफूसँग नजिक बसेको र मैले धेरै माया गर्ने मन्छे भित्रपनि हो विप्लव,

त्यस नाताले मैले भन्दा तपाई जुन बाटो जान खोजिरहनु भएको छ यो सफल हुँदैन ,परिस्थित त्यो छैन , यो ५२ साल होइन ७६ साल हो ,धेरै परिवर्तन भइसक्यो ,तपाईहामी मिलेर ल्याएको परिवर्तन हो यो , यसको रक्षा गर्नु बाहेक उचित केहिपनि छैन” ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग विप्लवलाई वार्तामा ल्याउनुपर्नेमा जोड दिएको बताउदै अहिलै वार्ताको सम्भावना नसकिएको बताए ।उनले राष्ट्र विखण्डनको गतिविधि गर्दै आएका सिके राउतलाई मुलधारको राजनीतिमा ल्याएको स्मरण गर्दै विप्लवपनि वार्ताबाट शान्तिपूर्ण राजनीतिमा आउने संकेत गरेका थिए ।

Related Articles

Back to top button
Close