समाचार

वृद्ध भत्ता बढेर मासिक तीन हजार सहित अन्य सुबिधा पाउने भएपछि देशभरीबाट स्वागत, सबैको मुहारमा छायो खुशी (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

स्थानीय चुनाव देखि प्रदेश र सङ्घीय चुनाव सम्म तत्कालिन नारा नै बनेको थियो कम्युनिष्ट सरकार आएपछि बृद्ध भत्ता बढेर पाँच हजार पुग्छ | यहि आसामा कतिपय नेपाली जनताले कम्युनिष्टको भरोसा मान्दै भोट पनि हाले |

त्यसको पहिलो बजेट भाषणमा यो कुरा सम्बोधन नै भएन बरु अब कम्युनिष्ट सरकारले बृद्ध भत्ता नै खारेज गर्छ भन्ने बेकारको हल्ला चल्यो | यसो भन्दै गर्दा ठिक एक महिना अघि प्रधानमन्त्री ओलीले यसै सन्दर्भमा बृद्ध भत्ता बढाएन भनेर बासुरी बजाउनेका दिन गए भनेका थिए | यसो भन्दै गर्दा अबको बजेट भाषणमा बृद्ध भत्ता अबस्य बढ्छ भनेर सजिलै आंकलन गर्न सकिन्त्यो |

यसै सन्दर्भमा अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण गर्ने क्रममा बृद्ध भत्ता थप एक हजार बढाएर अब मासिक तीन हजार भएको घोषणा गर्नुभयो तव देशभरिका बृद्ध बृद्द निकै खुसि भए |

जेष्ठ नागरिक मिलन सेवा केन्द्र बनाइने। गरिवी र जेष्ठ नागरिकको उपचारको लागि सरकारले सहयोग गर्ने बताए। ७० वर्ष माथिका जेष्ठ नागरिकको औषधिउपचारको लागि १ लाख सम्म राहत दिने बताए। अपांगता भएका व्यक्तिलाई रोजगारीका कार्यक्रम ल्याइने पनि खतिवडाले बताए। ७० बर्ष माथीका १३ लाख जेष्ठ नागरिकले अब मासिक ३ हजार वृद्ध भत्ता पाउनेछन् ।

Loading...

Related Articles

Back to top button
Close