समाचार

कर्मचारीको तलब बढ्यो ! कसको कति ? हेर्नुहोस्

आगामी आर्थिक वर्षदेखि लागू हुने गरी सरकारी कर्मचारीको तलब बढेको छ ।सरकारले आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब बढाउने घोषणा गरेको छ । बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराजत खतिवडाले राजपत्रअनंकित श्रेणीका कर्मचारीको २० प्रतिशत र राजपत्राकिंत श्रेणीका कर्मचारीको १८ प्रतिशतले तलब बढाइएको बताए ।

अर्थमन्त्री खतिवडाले गरेको घोषणाअनुसार निजामतितर्फ नायब सुब्बासम्मका कर्मचारीको तलब २० प्रतिशतले बढ्ने छ भने शाखा अधिकृतभन्दा माथि सचिवसम्मका कर्मचारीको तलब १८ प्रतिशतले बढ्ने छ ।अर्थमन्त्री खतिवडाले सरकारी कोषबाट तलब खाने निजामति, सेना, प्रहरी, सशस्त्र प्रहरी गरी सबै कर्मचारीको तलब बढाइएको बताए । ताजाखबर बाट

Related Articles

Back to top button
Close