समाचार

विप्लव कार्यकर्ताले दुईवटा मोटरसाइकल जलाए

कालिकोट : बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालिकोटमा दुईवटा मोटरसाइकल जलाएका छन्। कर्णाली राजमार्गको कालिकोट खण्ड कालेखोलामा कालिकोटबाट सुर्खेततिर जाँदै गरेका २ वटा मोटरसाइकल विप्लव समूहका कार्यकर्ताले जलाइ दिएका हुन्। विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपालका कर्णाली व्यूरो इन्चार्ज सितल बिष्टले पार्टीले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्दै कालिकोटबाट सुर्खेततिर जाँदै गरेका भे ८ प ३५८ र भे ७ प ४८५७ नम्बरका २ वटा मोटरसाइकल सडकमै जलाइएको जानकारी दिए।

उनले जिल्लाका सबै सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था, राजमार्ग बन्द गर्नका लागि कार्यकर्ता खटिएको बताउँदै बन्दको अवज्ञा गर्ने जोकोहीलाई पनि नछाड्ने बताए। जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी बिनोद शर्माले विप्लव समूहको बन्दलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था निकै कडा पारिएको बताए। काठमाडौँ : नुवाकोटमा बम फेला परेको सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुगेको नेपाली सेनाले डिस्पोज गर्ने क्रममा विस्पोट भएको छ ।नुवाकोटको गल्छी–त्रिशुली सडकखण्डको बेलकोटगढी नगरपालिका- ६ कोल्पु खोला नजिकै फेला परेको पेट्रोल बम सेना र प्रहरीको टोलीले हेर्दाहेर्दै पड्किएको हो ।बम विस्पोट भएपनि बाटोमा गुडिरहेका दुईवटा मोटरसाइकलका चालक भाग्न खोज्दा सडकमै लडेको एक स्थानियले बताए । उनका अनुसार बम विस्पोट भएपछि आगो बलेको थियो ।नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी (नेकपा) ले आव्हान गरेको नेपाल बन्दको दिन सोमबार बिहानैदेखि देशका विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिने

क्रम जारी छ भने केहि विस्पोट भएका छन् ।प्रकाशित : सोमबार, जेठ १३, २०७६०८:००काठमाडाैँ – सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव उपत्यकामा कम देखिएको छ। अन्य दिनभन्दा आज निकै कम सवारी साधन चलेका छन्। निजी सवारी साधनहरु सडकमा केही बाक्लो देखिए पनि सार्वजनिक गाडीहरु कम चलेका छन्। सर्वसाधारणमा त्रास फैलाउन विप्लवको नेकपाले सार्वजनिक सम्पत्तिमा बिस्फोट गराएको छ भने केही स्थानमा बम राखेकोछ।निर्वाध रुपमा सवारी नचल्दा बिहानैदेखि जनजीवन प्रभावित भएको छ। सीमित मात्रामा चलेका सवारी साधनमा कोचिएर यात्रा गर्न यात्रुहरु बाध्य भएका छन्।सडकमा सवारी गुडिरहेका भए पनि अन्य दिनभन्दा आज बिहानैदेखि कम सवारी चलेकोमहानगरीय ट्राफिक प्रहरी महाशाखाको भनाइ छ।

काठमाडौंबाट उपत्यका बाहिर जाने सवारी साधन बन्दको मारमा परेका छन्। त्रासले पृथ्वी, अरनिकोलगायतका राजमार्ग सुनसान जस्तै बनेका छन्। महाशाखाका अनुसार, उपत्यकाका नाकाबाट कुनै पनि सवारी बाहिरिएका छैनन्।अहिलेसम्म प्राप्त विवरणअनुसार बारा, मकवानपुर र सुर्खेतमा गाडीमा आगो लगाइएको छ भने देशका दर्जनभन्दा बढी स्थानमा बम तथा विस्फोटक पदार्थ फेला परेका छन्। बन्दको प्रभाव उपत्यकाका शैक्षिक संस्थाहरुमा पनि परेको छ। कलेजहरुका कक्षाहरु भएका छैनन् भने विद्यालयहरुले पनि बालबालिकालाई विद्यालय नपठाउन अभिभावकहरुलाई सूचित गरेका छन्।आइतबार उपत्यकामा श्रृंखलाबद्ध बम विस्फोटपछि सरकारले सुरक्षा व्यवस्था मजबुत पारेको भन्दै सर्वसाधारणलाई आश्वस्त पार्ने प्रयास गरे पनि बन्दको त्रास उपत्यकामा देखिएको छ। सरकारले गत फागुन २८ गते विप्लवको पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। प्रतिबन्धपछि उक्त पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको थियो।

Loading...

Related Articles

Back to top button
Close