समाचार

भाडा माझेको १०० डलर रबीलाई दिदै समितले भने-नाकको डाँडी हैन मेरुदण्ड भाच्ने अभियान चलाउनुहोस !

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को टिम यतिबेला अस्ट्रेलियामा छ । अष्ट्रेलिया आइपुगेको ‘सीधा कुरा’ टिमले पहिलो दिन सिड्नीमा रहेका नेपाली समूदायका विद्यार्थी तथा अन्य व्यक्तिहरुसँग अन्तर क्रिया गरेको छ । अन्तरक्रियाबाट ‘सीधाकुरा’ टिमले अष्ट्रेलियामा आएर अध्ययन तथा रोजगारीको सिलसिलामा विषेश गरी विद्यार्थीले भोगेको समस्यालाई नियाल्ने प्रयास गरेका छ ।विषेश गरी नेपालका कन्सल्टेन्सीले भने अनुसारका कलेज नहुनु, कतिपय अवस्था कलेजनै अवैध हुनु लगाएतका समस्या अधिकांश विद्यार्थीका थिए । केही समय अघि अष्ट्रेलियामा रहेका विद्यार्थीहरुको समस्या हाम्र्रो कार्यक्रममा पहिलो पटक प्रशारण गरेका थियौँ ।

अष्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेश एन्ड टेक्नोलोजी एआइबीटीमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो कलेज अवैधानिक रहेको थाहा पाएपछि आँफूहरु अलपत्र परेको बिषयमा लाइभ कुरा गरेका थिए ।न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को टिमले यो बिषयमा थप फलोअप गरेपछि नेपाल सरकारले पनि चासो देखाएको थियो। अन्तरक्रिया कार्यक्रममा सिड्नी बस्ने समित केसीले एआइबीटी बारेमा कुरा उठाएका छन्। एआइबीटीवाट पिडित बनेका बिद्यार्थीले आधिकारिक धारणा यो हो है भन्ने गन्तब्य कहिले भेटिन्छ भन्दै प्रश्न गरेका छन् ।

‘सीधाकुरा जनतासँग प्रस्तोता रबि लामिछानेको प्रसंसा गर्दै भने- घुस्याहरुलाई टुडिखेलमा राखेर नाकको डांडी भाचिने गरि हन्छु भन्दैगर्दा नेपाल सरकारको एजेन्टको रुपमा दर्ता भएर बिद्यार्थीहरुलाई एआइबीटी जस्तो कलेजमा ल्याएर बिद्यार्थीको भबिस्यमा खेलभाड गर्ने एजेन्टहरुलाई घुमाएर नाकको डांडी हैन मेरुदण्ड भाचिने गरि हान्ने अभियान कहिले चल्छ भन्दै प्रश्न गरेक्ला छन् ।उनले स्ददेसमा भएका युवाहरुलाई बिदेसमा ल्याउने हैन बिदेसमा भएका युवाहरुलाई नेपाल फर्किने अभियान चलाउन समेत रबि लामिछानेलाई आग्रह गरेका छन्। उनले भने-पहिलो झोला बोकेर त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा तपाइको अगाडी अस्ट्रेलियाको सुख सुबिधा र पिआर त्यागेर आफ्नै देशको माटोलाई चुम्न चाहन्छु भन्दै बाचा समेत गरे।

Related Articles

Back to top button
Close