समाचार

बम बनाउने सामाग्रीसहित विप्लवका कार्यकर्ताहरु धमाधम पक्राउ : जताततै बमैबम

काठमाडौँ । काठमाडाैं- घट्टेकुलाेमा सिलिण्डर बम लिन गएका र त्यहाँ विस्फोट भएपछि भागेर कोठामा आएका सात जनालाई प्रहरीले काठमाडौको कोटेश्वरबाट पक्राउ गरेको छ।पक्राउ पर्नेमा भक्तपुर जिल्ला सेक्रेटरी बुद्धिलाल पुन, बुद्धि सुनुवार, तेजराज काफ्ले तेजबहादुर मोक्तान रहेका छन्। पक्राउ पर्नेहरुको कोठाबाट विस्फोट गराउन तयारी अवस्थामा रहेको कुकर बम फेला परेको छ।उनीहरूलाई सशस्त्र प्रहरीकाे विशेष टाेलीले पक्राउ गरेर काेटेश्वर वृत्तकाे जिम्मा लगाएकाे छ। उनीहरूमाथि अनुसन्धान भइरहेकाे छ।

उता गुण सिनेमा अगाडि पनि प्रेसर कुकर बम राखिएको छ । सो बमको कारण सडक पुरै ठप्प छ । बम डिस्पोजका लागि घटनास्थलामा सेना पुगिसकेको छ र यो लेख्दासम्म सेनाको बम डिस्पोजल यन्त्र को प्रयोग हुदैछ ।राजधानीका सुकेधारा र अनामनगरमा भएको वमकाण्ड सरकारद्वारा प्रतिबन्धित विप्लव समूहको कम्युनिष्ट पार्टीले गरेको प्रहरीको अनुसन्धानमा देखाएको छ । प्रहरी स्रोतले जनाएअनुसार, उक्त समूहले भोलि आव्हान गरेको पूर्वसन्ध्यामा बम बनाउने सिलसिलामा विस्फोटन हुँदा विप्लव समूह समर्थित तीन जनाको मृत्यु भएको हो । उ

क्त स्रोतका अनुसार मृतकहरु केही समयअघि नख्खुस्थित एनसेलको मुख्य कार्यालयमा भएको वम विस्फोटन घटनामा समेत संलग्न रहेको र उनीहरु प्रहरीको खोजी सूचीमा रहेका व्यक्तिहरु हुन् ।अहिले प्रहरीले राजधानीको सुरक्षा व्यवस्थाले अत्यन्तै कडा पारेको छ । चोक चोक नाकानाकामा व्यापक रुपमा प्रहरीहरु परिचालन गरिएको छ । वम विस्फोटनका घटनाहरु तथा सुरक्षाकर्मीहरुको बाक्लो तैनाथीले सर्वसाधारणमा त्रासको वातावरण सिर्जना भएको छ ।

Loading...

Related Articles

Back to top button
Close