समाचार

अष्ट्रेलियाको सिड्नीमा रविको सीधा कुरा, नेपालीहरुले सुनाए समस्या नै समस्या

अष्ट्रेलिया आइपुगेको ‘सीधाकुरा’ टिमले पहिलो दिन सिड्नीमा रहेका नेपाली समूदायका विद्यार्थी तथा अन्य व्यक्तिहरुसँग अन्तरक्रिया गरेको छ ।अन्तरक्रियाबाट ‘सीधाकुरा’ टिमले अष्ट्रेलियामा आएर अध्ययन तथा रोजगारीको सिलसिलामा विषेश गरी विद्यार्थीले भोगेको समस्यालाई नियाल्ने प्रयास गरेका छ । विषेश गरी नेपालका कन्सल्टेन्सीले भने अनुसारका कलेज नहुनु, कतिपय अवस्था कलेजनै अवैध हुनु लगाएतका समस्या अधिकांश विद्यार्थीका थिए ।

विद्यार्थीले अष्ट्रेलियामा हुँदा अभिभावक ठान्ने नेपाली दुतावास र गैर आवसिय नेपाली संघ एनआरएनबाट समेत जटिल समस्या पर्दा सहयोग नपाएको विद्यार्थीको गुनासो थियो । एनआरएनको सदस्य बनाउन २५ डलर लिन हतार गर्ने पदाधिकारीहरुले कसैकाे मृत्युपश्चात शव नेपाल पठाउनसमेत सहयोग नगरेकोमा विद्यार्थीको आक्रोश थियो । कार्यक्रममा उठेका विषयलाई सम्बोधन गर्न एनआरएन, कन्सल्टेन्सी, कानून व्यवसायीका प्रतिनिधिको उपस्थिति थियो । तर अधिकांश विद्यार्थीको आक्रोश जवाहदेही अधिकारीहरुप्रति नै थियो ।

विद्यार्थी बाहेक अष्ट्रेलियामा रहेका नेपाली समूदायमा पारिवारिक विचलनको समस्या पनि बढ्दो क्रममा देखियो । कार्यक्रममा उपस्थित एक महिलाले श्रीमान र आफ्नै नेपाली कानून व्यवसायीले थाहै नपाई सम्बन्धबिच्छेद गराएर आफूलाई सडकमा पु¥याएको दुखेसो गरेकी थिइन् ।महिलाको यस्तो आक्रोशपछि भने उनको मुद्धा हेरिरहेको कानून व्यवसायी खिलेन्द्र तिमिल्सिनाले व्यक्तिगत रुपमा सहयोग गरेपनि कानूनी रुपमा सहयोग गर्न नसकेको जवाफ दिएका थिए ।

कानून व्यवसायी तिमिल्सिनालाई ‘९ सय डलर तिर– डिभोर्स, लाइफ इज सट, गेट डिभोर्स’ जस्ता नारा लगाएर समस्या समाधान भन्दा बढी सम्बन्ध विच्छेदका लागि उस्काएको आरोप लगाएका थिए । सरोकारवाला व्यक्तिले उठेका प्रश्नको जवाफ दिएपनि विद्यार्थीहरु भने सन्तुष्ट थिएन । विद्यार्थीहरु समस्याको चाङले आक्रोशित थिए । कार्यक्रममा अष्ट्रेलियास्थित नेपाली दुतावासका काम कारवाहीका विषयमा निकै प्रश्न उठेका थिए । राजदुतविहीन दुतावास नभए सरहनै भएको उपस्थित विद्यार्थीले गुनासो गरेका थिए ।

न्युज २४ नेपाल बाट

Loading...

Related Articles

Back to top button
Close