समाचार

हसिलो अनुहार , कालो युनिफर्म। खुट्टामा कालै रंगको बुट , यी हुन् ६० वर्षकी सुरक्षागार्ड हजुरआमा !

शरीरमा कालो युनिफर्म। खुट्टामा कालै रंगको छालाका बुट। अनि हातमा स्क्यानर मेसिन। पाटनढोकास्थित गणेश मन्दिर नजिकै रहेको नव युवा बचत तथा सहकारी संस्थामा सुरक्षा गार्डको रूपमा कार्यरत छिन्, मनमाया महर्जन (६०) गेटअगाडि यही अवस्थामै भेटिन्छिन्।उनले सुरक्षा गार्डको रूपमा काम गर्न थालेको एक वर्ष हुन थाल्यो। हसिलो अनुहार अनि फुर्तिली मनमाया दिनभरी हातमा स्क्यानर लिएर सहकारीको सुरक्षामा जुट्छिन्। शंका लाग्ने, नचिनेको मान्छे सहकारीमा आयो भने विशेष ध्यान दिएर सक्रिय भएर चेक गर्नु पर्ने उनी बताउँछिन्।

६० वर्षकी मनमाया एक प्रेरणा हुन्। नेपालका अधिकांश युवापुस्तामा आएको नैराश्यता, र काम गर्ने वातावरण छैन भनी गुनासो पोख्नेहरुको लागि उदाहरण हुन् उनी। शरीरमा फुर्ती रहुन्जेल, काम गरेर नै खानु राम्रो भन्ने सोच राख्ने उनी कुनै जवान सुरक्षा गार्ड भन्दा कम भने छैनन्।उनी बिहानै उठेर घर नजिकैको गणेश मन्दिरमा पूजा गर्न जान्छिन्। र, पूजा सकेर बिहानको खाजा खाएपछि ड्युटीको तयारीमा जुट्छिन्। र, हानिन्छिन् सहकारीतिर। बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्म सहकारीमा आउने ग्राहकलाई स्क्यानरले जाँच्नु उनको दैनिकी नै हो।

सहकारी र घर नजिकै भएकाले सहज भएको उनको भनाइ छ। ‘घरनजिकै काम गर्न पाउँदा खुसी छु, यतिकै घरमा बस्नुभन्दा यहाँ काम गरे समय मजाले कट्छ,’ उनले भनिन्। मनमायालाई कामप्रति निकै रुचि छ। उनी कुनै पनि काम सानो–ठूलो नहुने बता उँछिन्। समय कटाउन यसै बस्नुभन्दा केही न केही काम गर्नु बुद्धिमानी रहेको उनी बताउँछिन्।सुरक्षा गार्डको काम गर्नुअघि उनले घरमै कस्मेटिक पसल राखेकी थिइन्। पसलमा काम गर्न खासै मन नभएपछि सुरक्षा गार्डको काम गरिन्। टोलका सबै मिलेर खोले को सहकारीमा सुरक्षा गार्ड भएर काम गर्दा नयाँ अनुभव भएको उनी बताउँछिन्।

मनमायाका पतिले उनलाई सात वर्षअघि नै छाडेर गए। उनका दुई जना जुम्ल्याहा छोरा र छोरी छन्। ‘सबै सन्तानको घरजम गरिदिए, अब आ–आफ्नो कमाइ गर्छन्, मलाई बुढेशकालमा किन काम गर्नु पर्यो भन्छन्,’ उनी भन्छिन्, ‘तर म आफूले सकेसम्म काम गर्छु भनेर सम्झाउँछु।’सुरक्षा गार्डको काममा गर्ने भएपछि स्क्यानर कसरी चलाउने भन्ने प्रश्न आयो। ‘मेसिन ल्याएको दिन एकपटक बटन खोलेर सिकाएपछि यसरी गर्ने रहेछ भनी चेक गर्न सिके,’ उनले भनिन्, ‘काम गर्न नयाँपन महसुस भएको छ, यो कामबाट धेरै कुरा सिक्ने मौका पाएकी छु।’

आफूले काम गरे आफू बलियो हुने, भनेको समयमा पैसा खेलाउन पाइने उनी बताउँछिन्।मनमायाले ६० वर्षमा पहिलो पटक प्यान्ट, सर्ट अनि लेदरको बुट लगाएकी हुन्। सुरुमा काम गर्दा कुर्ता र सहकारी संस्थाको ट्याग भएको क्याप लगाएकी मनमाया अहिले भने गार्डको युनिफर्ममा सजिएकी हुन्छिन्। मनमायाले सर्ट, पाइन्ट र बुट लगाएको ६ महिनाभन्दा बढी भइसक्यो। सुरुमा प्यान्ट, सर्ट र बुट लगाउँदा साह्रै लाज लाग्ने उनी अनुभव सुनाउँछिन्। ‘बाटैमा छ सहकारी यही बाटोमा भएर हिँड्नुपर्ने, चिनेको मान्छे देख्नेबित्तिकै पछाडि फर्कन्थे।

उनी भन्छिन्, ‘अरुको भन्दा पनि छोरी ज्वाइँ, छोरा बुहारीले देख्दा लाजले भुतुक्कै हुन्थे, अहिले त बानी पर्यो।’मनमायालाई हिले प्यान्ट लगाउँदा अप्ठेरो महसुस हँदैन। लेदरबाट बनाइएको बुट भने उनलाई लगाउन अलिक अप्ठेरो लाग्छ। ‘गर्मीमा त गह्रौं छालाको बुट लगाउँदा झन् समस्या हुन्छ,’ उनी भन्छिन्, ‘यसले झन् गर्मी हुन्छ ’म

Related Articles

Back to top button
Close