१३ वर्षीय दुर्गा जीवनमरणको दोसाँधमा, अस्पतालको शैयामा छट्पटाउदै – सेयर गरेर सहयोग गरौ

Sharing is caring!

शंकर थापा : दुवै मृर्गौला खराब भएपछि अछामको रामारोशन गाउँपालिकाकी एक बालीका अस्पतालको शैयामा छट्पटाइरहेकी छन् । दुवै मृगौला फेल भएकी जिल्लाको रामारोशन गाउँपालिका वडा नम्वर ६ भटाकाटीया निवासी १३ वर्षीय बालीका दुर्गा साउँद आर्थिक अभावमा अस्पतालको शैयामा छटपटाइरहेकी छन् ।

दुवै मृगौलाले काम गर्न छोडेपछि दुई महिना अघि उपचारका लागि काठमाडौँको शिक्षण अस्पातलमा भर्ना भएपनि आर्थिक अभावले उनको उपचारमा निकै समस्या भएको छ ।चिकित्सकले अस्पतालको वेडमा भर्ना भएकी को दुवै मृर्गौला फेर्नुपर्ने सुझाव दिएपनि आर्थिक अभावका कारण नै उनी जीवनमरणको दोशादमा रहेकी छन् । उनका आफन्तले उपचारका लागी शिक्षण अस्पतालमा भर्ना गरेदेखि धेरै रकम खर्च भएपनि अझैँ १५लाख रकम लाग्ने भएको हुदा रकमको अभावले उपचारमा समस्या भएको उनका दाजु दल बहादुर साउँदले बताएका छन ।

अछामको रामरोशनको भटाकाटीया घर भै आज भोली कैलालीमा बस्दै आउनुभएका लाल वहादुर साउदकी १३ वर्षिया छोरि दुर्गा साउँदकोे दुवै मृगौला विग्रिएकोले शिक्षण अस्पतालमा भर्नामा गरेसकेपछि लाखौँ रकम लाग्ने भएकाले अहीले सबै संग आप्नो छोरीको ज्यान बाचाई दिन सबै लाई सहयोग गरीदीन अनुरोध गर्नुभएको छ । तर आर्थिक अभावले उपचारमा समस्या भएकाले सबैसंग सहयोगको अपिल स्थानिय बासीहरुले पनि गरिएको छ । उनको उपचारका लागी अहीले सहयोग रकम संकलन पनि सुरुभईसकेको छ । रामरोशनका स्थानिय दल बहादुर साउँदले रामारोशन गाउँपालिकन भित्र रकम संकलन अभियान सञ्चालन गर्नुभएको हो ।