पशुपति नाथको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

Sharing is caring!

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ): स्वास्थ्य सम्बन्धि समस्या आईपर्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या देखा पर्नेछ । पढाई लेखाईमा मेहनेत गरे अनुशार नतिजा नआउँने हुँनाले मन चिन्तित हुँनेछ । व्यावसाय खस्केर जाने हुँनाले तत्काल नाँफा नहुँने योग रहेकोछ । मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा साबधानि अपनाउँनु होला नराम्रो घट्ना हुँन सक्छ । माया प्रेममा एक अर्का बित नचाहादा नचाहादै छुट्टिनु पर्दा नरमाईलो महशुष हुँनेछ । घर परिवारमा एक अर्काबिच अबिश्वास सिर्जना हुँने ग्रहयोग रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : राजनितिमा जनताको काम गर्न हर कोषिश गर्दा गर्दै नसकिने हुँदा आलोचनाको शिकार हुँने योग रहेकोछ । सामाजिक मान सम्मानमा आघाात पुग्ने योग रहेकोछ । घर परिवारबाट टाडा हुँनुपर्दा नरमाईलो लाग्नेछ । पढाई लेखाईमा मन पटक्के नजादा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफुले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा घटपट हुँने योग रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : आत्मिय मित्र तथा दाजुभाईहरुको सहयोग पाईने हुँदा मन प्रशन्न हुँनेछ । व्यापारमा लगानि गरि मनग्गे आय आर्जन गर्न सकिनेछ भने आम्दानिका नयाँ स्रोतहरु थपिनेछन् । माया प्रेममा रमाउँन चाहानेहरुका लागि समय राम्रो रहेकोछ । पढाई लेखाईमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुँने योग रहेकोछ । दैनिक जविनलाई सहज हुँने छोटो तथा रमाईलो यात्रा हुँनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : परिवारका साथ रहेर मिठो मसिनो खाने अवसर प्राप्त भएपनि खानपिनको तालमेल नमिल्दा स्वास्थ्य गडबड हुँनेछ । पढाई लेखाईमा मन नजादा अन्य प्रतिष्पर्धिहरु भन्दा पछि परिनेछ । व्यापारमा लगानि गर्ने उपयुक्त समय नरहेकोले तत्काल कुनै व्यावसाय थालनि नगर्नुनै राम्रो रहकोछ । माया प्रेममा रमाउँन चाहनेहरु आज भरसक नभेट्दा नै राम्रो रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : राजनिति तथा समाजसेवा फाप्ने हुँनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जानाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बिच घनिष्टता बढेर जानेछ । दिगो फाईदा हुँने व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : काम गर्दा बिशेष शावधानि अपनाउँनुहोला समयमा नसकिने हुँदा मान सम्मानमा कमि हुँनेछ । बाहिरि वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । व्यापार व्यावसायमा मन्दि आउँनेछ भने बिदेशि लगानिबाट सञ्चालित उद्योग तथा व्यावसाय फस्टाएरु जानेछ । कर्म प्राप्तिको लागि लामो दुरिको यात्रा हुँने अधिक सम्भावना रहेकोछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : माया प्रेममा थप प्रगाडता बढेर जानेछ भने दाम्पत्य जीवन खुरि रहनेछ । पढाई लखाईमा तपाईको नाम अग्र स्थानमा आउँनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । भौतिक सम्पति तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुँनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाफाँ कमाउँन सकिने हुँनाले अन्य क्षेत्रमा लगानि गर्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) : राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँन ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । बुवा तथा आफन्तबाट सहयोग पाईने हुँनाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिने भएपनि गन्तब्य पहिल्याउँन मुस्किल पर्नेछ । पढाई लेखाईमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । नयाँ योजना बनाउँन सकिने भएपनि सरकारि स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन । व्यापार व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनु होला । प्रेममा धोका हुँने अधिक सम्भावन रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : व्यापार व्यावसायमा नाँफा कमाउँन दिनभर जसो समय दिनुपर्नेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लागनि भने फस्टाएर जानेछ । स्वास्थ्यको ख्याल गर्नुहोला उपाचार खर्च बढ्ने योग रहेकोछ । नसोचेका ठाउँमा रुपैया पैसा खर्च हुँने सम्भावना रहेको हुँनाले आर्थिक कारोबार गर्दा ख्याल गर्नुहोला । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटावको अवस्था सिर्जना नहोला भन्न सकिन्न ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : मानव निर्मित भौतिक सम्पति थता बिलाशि सामान प्राप्त हुँने योग रहेकोछ । पढाई लेखाईमा अरुलाई किनारा लगाउँदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रेममा रामाउँन चाहनेहरुले सँगै बसेर भलाकुसारि गर्न पाउँने समय रहेकोछ । जीवन साथिको सहयोगले नाँफा मुलक व्यावसाय सुरु गर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : आफन्त तथा मावलि पक्षबाट भनेजस्तो सहयोग पाईने हुँदा शाहस तथा पराक्रम बढेर जानेछ । पुराना समस्याहरु सल्टाउँन सकिने तथा नयाँ कामको थालनि गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । न्यालयबाट हुँने व्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुँने हुँदा मन खुसिले उचाई नाघ्नेछ । पढाई लेखाईमा नसोचेको सफलता हात लाग्नेछ । व्यापारमा बृद्धि हुँनेछ भने थप ठाउँमा लगानि गर्न सकिनेछ ।

यो पनि पढ्नुस

विवाह भएको केही महिनामै साथीसँगी तथा आफन्तजनको प्रश्न आइरिन थाल्छन्, खुसीको खबर कहिले सुन्न पाइन्छ ? उता दम्पतीको ताक अर्कै हुन्छ । पहिले करिअर निर्माण अनि मात्र फेमेली प्लानिङ ।

हिजोआजका विवाहित जोडीहरू योजना बनाएर मात्र शिशुलाई धर्तीमा पदार्पण गराउँछन् । उनीहरूबीच यति महिनापछि, यति वर्षपछि मात्र सन्तान ट्राइ गर्ने भनेर योजना बनेको हुन्छ । यद्यपि गर्भवती हुन सोचेजस्तो सहज नहुनसक्छ । कसैलाई एउटै प्रयासमा गर्भ रहनसक्छ भने कसैलाई महिनौं प्रयास गर्नुपर्ने हुन्छ ।

गर्भवती हुनका सेक्स गर्नु जति जरुरी छ उति नै कसरी र कहिले सेक्स गर्दा गर्भ रहन्छ भन्ने कुराको जानकारी हुनु आवश्यक छ । यी कुरालाई बेवास्ता गर्दा गर्भ नरहनसक्छ ।

धेरैजसो दम्पतीलाई गर्भ रहनका लागि कुन समय सेक्स गर्नुपर्छ भन्ने जानकारी नभएको पाइयो । सेक्सको समय सही भयो भने गर्भ बस्न कठिनाइ हुँदैन ।

गर्भ धारणका लागि कति पटक र कसरी सेक्स गर्ने भन्ने जानकारी भयो भने महिनौं कोसिस गर्नु पर्दैन । आफ्नो योजनाअनुरूप सहजै गर्भधारण गर्न सकिन्छ । दम्पतीलाई यस्तो कुराको जानकारी नभएको स्थितिमा समस्या समेत सिर्जना हुनसक्छ ।

उसो भए गर्भधारणका लागि कुन बेला, कति पटक र कसरी सेक्स गर्ने त ?

गर्भ कसरी रहन्छ ?

जब पुरुष प्रजनन कोष ‘शुक्रकीट’ को महिलाको गर्भाशयमा अवस्थित अण्डसँग मेल भएर त्यसलाई फर्टिलाइज गर्छ तब मात्र कुनै पनि महिला गर्भवती हुन्छिन् ।

कति पटक राख्ने सम्बन्ध ?

एउटा पेरेन्टिङ वेबसाइटले १ हजार १ सय ९४ दम्पतिमाथि अध्ययन गरेको थियो । उक्त अध्ययन सन्तान चाहने दम्पतिमाथि गरिएको थियो । अध्ययनमा उनीहरूले गर्भधारणका लागि कति पटक सेक्स गरेका थिए भन्ने कुरा जान्न प्रयास गरिएको थियो ।

यस्तो देखियो ?

उक्त अध्ययनका अनुसार आमाबाबु बन्न चाहने ती दम्पतीलाई औसतमा ७८ पटक सेक्स गर्दा सफलता हात लागेको थियो । यो क्रम औसत छ महिना चलेको थियो भने उनीहरूले एक महिनामा औसत १३ पटक सेक्स गरेका थिए ।

गर्भधारणका लागि कुन आसन राम्रो ?

कतिपय मानिसमा के विश्वास छ भने गर्भधारण आसनमा पनि निर्भर हुन्छ । यसका लागि लगभग तीन चौथाइ मानिस मिसनरी पोजिसन -महिला तल र पुरुष माथि सुतेर गरिने यौन आसन) लाई उपयुक्त माने भने ३६ प्रतिशत जोडीले डगी स्टाइल पछ्याए ।

गर्भधारणका लागि उपयुक्त समय

विशेषज्ञहरूका अनुसार महिनावारी -डिम्ब निष्कासनको समय) थाहा पाउनु र डिम्ब निष्कासनको पाँच दिनअघि तथा त्यसै दिन सेक्स गर्दा गर्भ रहने सम्भावना बढी हुन्छ ।

डिम्ब निष्कासन के हो ?

डिम्ब निष्कासनले कुनै पनि महिलाको महिनावारीमा महत्वपूर्ण भूमिका खेल्छ । यो त्यही प्रक्रिया हो जसअन्तर्गत परिपक्व डिम्ब डिम्बाशयबाट निस्किएर फर्टिलाइज हुनका लागि तयार रहन्छ ।

डिम्बको आयु ?

डिम्ब निष्कासन प्रक्रियामा निस्किएको डिम्ब १२ देखि २४ घन्टासम्म फर्टिजाइज हुनसक्छ । सेक्सका क्रममा प्रवेश गरेको पुरुष शुक्रकीट महिला प्रजनन प्रणालीमा ५ दिनसम्म पनि रहन सक्छ ।

बढी सम्भावना

गर्भ रहने बढी सम्भावना तब रहन्छ जव डिम्ब निष्कासनका बेला शुक्रकीट फेलोपियन ट्युबमा पहिल्यैदेखि मौजुद रहेको हुन्छ ।

कहिले हुन्छ डिम्ब निष्कासन ?

महिनावारी नियमित छ भने डिम्ब निष्कासन सामान्यतः अर्को महिनावारी सुरु हुनुभन्दा १४ दिन पहिल्यै हुन्छ । त्यसैगरी अधिकांश महिलामा डिम्ब निष्कासन महिनावारीको मध्यविन्दुभन्दा ४ दिन पहिले वा पछि हुनसक्छ ।

क्यालेन्डरको सहारा

धेरै महिलामा महिनावारी चक्र ठीक २८ दिनमै हुँदैन । यस्तो छ भने महिलाहरूले महिनावारीको क्यालेन्डर बनाएर महिनावारी चक्रको लम्बाइ एवं मध्यविन्दुको अनुमान लगाउन सक्छन् ।

भेजाइनल सेक्रेसन

महिनावारी चक्रको क्यालेन्डरका अतिरिक्त डिम्ब निष्कासन समय अनुमान लगाउने अन्य तरिका पनि छन् । तीमध्ये एउटा भेजाइनल सेक्रेसनमा ध्यान दिनु पनि हो । डिम्ब निष्कासनअघि भेजाइनल सेक्रेसन सफा, ओसिलो एवं लचिलो हुन्छ ।

पछि यसो हुन्छ

डिम्ब निष्कासनपछि तुरुन्तै सर्वाइकल म्युकस कम हुन्छ र यो बाक्लो, मधुरो तथा लगभग अदृश्यजस्तै हुनपुग्छ ।

तापक्रममा फरक

शरीरको बेसिक तापक्रम -आरामको अवस्थामा शरीरको तापक्रम) मा ध्यान दिएर पनि डिम्ब निष्कासन समयको अनुमान गर्न सकिन्छ । यसका लागि हरेक बिहान ओछ्यान छाड्नुअघि शरीरको तापक्रम जाँच्न सकिन्छ । तापक्रममा वृद्धि हुनुभन्दा २-३ दिनअघि कुनै पनि महिला गर्भवती हुने सम्भावना बढी हुन्छ ।

टेस्ट किट

जसरी बजारमा प्रेगनेन्सी टेस्ट किट बजारमा सहज रूपमा उपलब्ध छ त्यसरी नै ओभुलेसन -डिम्ब निष्कासन) डिटेक्सन टेस्ट किट पनि सहजै पाइन्छ । यसबाट डिम्ब निष्कासन भएनभएको थाहा पाउन सकिन्छ ।

उपयुक्त तौल

विशेषज्ञहरूका अनुसार सामान्यभन्दा बढी तथा कम तौल भएका महलिाहरूमा ओभुलेसन डिसअर्डरको खतरा बढी हुन्छ । तसर्थ गर्भधारण गर्न चाहने महिलाले तौल नियन्त्रण राख्नु आवश्यक छ ।

माथि उल्लेखित कुराहरूमा गौर गर्दा मोटामोटी कुरा प्रस्ट हुन सकिन्छ तापनि असामान्य अवस्थामा गर्भधारणका लागि ठोस कदम चाल्नुअघि चिकित्सकको सल्लाह लिनु आवश्यक छ ।