समाचार

सरिता हत्या प्रकरण : परिवारका सबै जेल चलान, प्रहरीको चिसो खोरमा बितेरै जाने भयो अब जीवन (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काभ्रे — मण्डन देउपुर-६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा संलग्न भएको अभियोगमा श्रीमान् सुदीपसहित परिवारका ५ जनालाई नै पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायधीश दुर्गा खड्काको इजलासले श्रीमान सुदीप सहित ६३ वर्षीय सुसुरा पिताम्बर, ६५ वर्षीया सासु रोमकुमारी, ३६ वर्षीया जेठाजु केशव र ३५ वर्षीया जेठानी संगीतालाई मुलुकी फौजदारी कार्यविधी (संहिता) ऐन, २०७४ को दफा ८० बमोजिम काराकार चलान गर्ने आदेश भएको श्रेस्तेदार ठाकुरचन्द्र त्रितालले जानकारी दिए ।

हत्यामा परिवारका ५ नै जनाको संलग्ना देखिएकोले कर्तव्य ज्यान मुद्दा चलाउने जिल्ला प्रहरी कार्यलय काभ्रेको रायको आधारमा जेठ ७ गते सरकारी वकिलको कार्यलयले आरोपितको बयान समेतलाई आधार बनाएर उनीहरुका विरुद्ध अभियोगपत्र दायर गरेको थियो ।

वैशाख १३ गते बिहान घाँटीमा निलडाम भएको अवश्थामा सरिताको शव घरमा नै प्रहरीले फेला पारेको थियो । फरार रहेका उनका श्रीमान सुदीपलाई प्रहरीले पक्राउ गरेको थियो । मृतकका दाजु कृष्णप्रसाद दाहालको किटानी जाहेरीका आधारमा परिवारका अन्य सदस्यको पनि संलग्नता हुन सक्ने भन्दै अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।

सुदीपले श्रीमतीसँग झगडा पर्दा कुटपिट गरेको र गुलेलीको रबरले घाँटी बाँधेर तानेको र बाबु र दाजुले हात खुट्टा समाएको बयान दिएको प्रहरीले जनाएको छ । अदालतमा भने उनले बयान फेरका थिए ।

अन्यको संलग्नता नभएको बयान सुदीपले गरेतापनि बुबाले हात, दाजुले दुवै खुट्टा समातेपछि कोठाको दलिनमा भएको गुलेलीले घाँटीमा दुई फन्का बेरी कसेर हत्या गरेको बयानको क्रममा प्रहरी समक्ष स्वीकारेका थिए । लागूऔषध दुर्व्यसनमा समेत रहेका सुदीप र सरिताबीच बच्चा नजन्मिएको विषयमा विवाद हुँदै आएको खुलेको छ ।

Related Articles

Back to top button
Close