समाचार

घट्यो सुनको मुल्य , हेर्नुहोस् यस्तो छ आजको भाउ ,सुनको भाउ साताकै सस्तो

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।हिजो ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज सय रुपैयाँले घटेर ५९ हजार ४ सय रुपैयाँमा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको भाउ साताकै सबैभन्दा सस्तो भएको छ । त्यस्तै आज जावी सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।त्यस्तै आज चाँदीको मूल्यमा भने कुनै परिबर्तन भएको छैन ।आज चाँदीको मूल्य प्रतितोला ७०५ रुपैयाँ रहेको महासंघले जनाएको छ।

Related Articles

Back to top button
Close