समाचार

पाथिभरा देवीको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने बाह्रौं चन्द्रमा छ, घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन् । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : भाइबहिनी वा सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ, सन्ततिका लागि केही धनराशि खर्च हुने सम्भावना छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आएको अनुभूति भए पनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ, आजको चिन्तनले थोरबहुत काम गर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन् । काममा विविध चुनौतीको सामना गर्नु पर्छ ।

यो पनि पढ्नुस

पैसा कमाउन र सुखी जीवन बिताउने सबैको चाहना हुन्छ । तर कतिपय मानिसले दिन रात परिश्रम गर्दा पनि पैसा कमाउन सक्दैन् त कतिले कमाएको पैसा जोगाएर ठिक ठाउँमा सदुपयोग गर्न सक्दैनन् ।

पैसा कमाउनु मात्र ठूलो भने होइन् । आफुले कमाएको पैसालाई कसरी सदुपयोग गर्ने भन्ने कुरा नै मुख्य हो । त्यसैले आज हामी कुन राशीका व्यक्तिले कमाएको पैसा कहाँ र कसरी राख्ने भन्ने बारे बताउन गइरहेका छौँ ।

मेष राशी

यो राशी भएका व्यक्तिलाई आफुले कमाएको पैसा आफ्नो घरको पश्चिम दिशामा राख्नु उत्तम मानिएको छ । आफुले पैसा राखेको ठाउँमा फलामको औँठी राख्ने गर्दा राम्रो हुने देखिएको छ । धनको लेनदेन गर्दा साँझको समयमा गर्नु उत्तम मानिन्छ ।

वृष राशी

यो राशी भएका व्यक्तिले धन सम्पति राख्दा घरको पूर्व दिशामा राख्नु राम्रो देखिएको छ । यसरी धन राखिएको ठाउँमा सुन वा पित्तलको सामाग्री राख्नुपर्छ भने साँझको समयमा कुनै पनि किसिमको लेनदेन गर्नु हुँदैन् ।

मिथुन राशी

मिथुन राशी भएका व्यक्तिले आफुसँग भएको सम्पति घरको उत्तर दिशामा राख्नदा राम्रो हुने देखिएको छ । यसरी धन राखिएको ठाउँमा तामाको बस्तुहरु राख्नु पर्नेछ । मंगलबारको दिन धन लेनदेन गर्नु हुँदैन् ।

कर्कट राशी

यो राशी भएका व्यक्तिले घरको पूर्व दक्षिण दिशामा धन राख्दा राम्रो रहेको छ । तपाईले धन राखेको ठाउँमा चाँदीको वस्तु राखिदिनुहोस् र धन सम्पति राखेको ठाउँमा कुनै पनि प्रकारको कालो चिज नराख्नुहोस् ।

सिंह राशी

यो राशी भएका व्यक्तिले घरको पूर्वी दिशा छेउमा धन राख्ने ठाउँ बनाउँदा राम्रो हुने देखिएको छ । यसरी तपाईले धन राख्न बनाएको ठाउँमा कासको वस्तुहरु राख्दा राम्रो हुनेछ ।

कन्या राशी

कन्या राशी भएकाहरुले घरको दक्षिण पश्चिम दिशामा धन राख्ने ठाउँ बनाउँदा राम्रो हुने देखिएको छ । यसरी धन राखिएको ठाउँमा चाँदी वा जस्ताको वस्तु राख्दा राम्रो हुनेछ । तर धन राखिएको ठाउँमा उज्यालोको व्यवस्था गनर्सपर्नेछ ।

तुला राशी

तुला राशी भएका व्यक्तिले घरको दक्षिण दिशामा धन राख्ने ठाउँ बनाउँदा राम्रो हुनेछ । धन राखेको ठाउँमा रातो वा तामाको वस्तु राख्नुपर्नेछ । यसरी राखिएको धनलाई उज्यालो हुने गरेर राख्ने गर्नुपर्छ ।

वृश्चिक राशी

यो राशी भएका व्यक्तिले घरको उत्तर पश्चिम दिशामा धन राख्दा राम्रो हुने देखिएको छ । यसरी सम्पति राख्ने ठाउँमा हरियो कपडाले बेरेर खानेसुप राखिदिनाले हरेक महिना परिवर्तन हुनेछ ।

धनु राशी

यो राशी भएकाहरुको धन राख्ने उत्तम ठाउँ दक्षिण पूर्व दिशा हो । धन राखिएको ठाउँमा सेतो कपडाले बेरेर बाधेर एउटा चाँदीको सिक्का राख्ने गर्दा राम्रो हुनेछ ।

मकर राशी

यो राशीकाहरुलाई धन राख्ने राम्रो ठाउँ उत्तर दिशा रहेको छ । यसरी धन राखिएको ठाउँमा सानो कुवेरको मूर्ती राख्नुपर्नेछ । तर धन राखेको ठाउँमा भूलेर पनि सुनको चिजहरु राख्नु हुँदैन् ।

कुम्भ राशी

यो राशीको धन राख्ने उत्तम ठाउँ पूर्व रहेको छ । उक्त ठाउँमा पहेँलो कपडामा बेरर सून वा पित्तलेका कुनै वस्तु राख्नाले राम्रो हुनेछ । तर बिहानको समयमा धनको लेनदेन गर्नु हुँदैन् ।

मीन राशी

उक्त राशी भएकाहरुको लागि धन राख्ने उत्तम ठाउँ पश्चिम रहेको छ । त्यहाँ फलामको केही वस्तु राख्दा राम्रो हुनेछ । तर धन राख्ने ठाउँलाई व्यवस्थित बनाउनुपर्नेछ ।

Related Articles

Back to top button
Close