समाचार

हतियार सहित आएका विप्लव समुहका कार्यकर्ता माथि प्रहरीले गोली चलायो, एक जना ठाउँको ठाउँ ढले (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौँ — भोजपुरको टेम्केमैयुङ गाउँपालिका १ अन्तर्गत धोत्लेखानी जंगलमा लुकीछिपी बसेका नेत्रविक्रम चन्द समूहका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । गस्तीमा पुगेका जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका प्रहरीमाथि नै गोली हान्न खोजेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।

प्रहरीले चलाएको गोलीबाट चन्दका कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए।

धोत्लेखानी जंगलमा हतियारसहित ३०/३५ जनाको समूहमा चन्द कार्यकर्ता बसेर स्थानीयमा त्रास फैलाइरहेको सूचनाको आधारमा प्रहरीले गस्ती गरेको थियो। गस्तीको अघिल्लो टोलीमाथि घिमिरे आइलागेका थिए, त्यसपछि प्रहरीले गोली हानेको थियो। अन्य कार्यकर्ता भने भागेका छन्। उनीहरुको खोजी भइरहेको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए।

घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, ५ थान गोली, बाइनोकुलर १, डेटोनेटर २० मिटर, बारुदसहित विस्फोटक पदार्थ बरामद गरेको छ। त्यस्तै चन्द नेतृत्वको नेकपाका दस्तावेज समेत फेला पारिएको छ।

आपराधिक समूहप्रति प्रहरी आक्रमक

केही दिनयता प्रहरीले आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहमाथि निगरानी बढाएको छ। हिजोमात्रै प्रहरीले गोली हानेरशृंखलाबद्ध डकैतीमा संलग्न काले भन्ने विष्णु तामाङलाई काठमाडौंको टोखाबाट पक्राउ परेको थियो। त्यसको भोलिपल्टभोजपुरमा चन्द समूहका कार्यकर्तामाथि गस्ती बढाएको छ।

मुलुकभर आपराधिक गतिविधि बढाएको भन्दै सरकारले चन्द समूहमाथि प्रतिबन्ध घोषणा गरेको छ। प्रतिबन्ध घोषणासँगै विभिन्न जिल्लाहरुबाट चन्दका कार्यकर्ताहरु पक्राउ परिरहेका छन्।

Related Articles

Back to top button
Close