समाचार

पाँचथर हत्याकाण्डले लियो अर्कै स्वरुप, स्थानीय त्रासमा (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं । नेपाली समाज कता जाँदैछ भन्ने चिन्ताले सबैलाई पिरोल्न थालेको छ । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गएराति २ परिवारका ९ जनाको विभत्स हत्या भएको छ ।

घटनाको अनुसन्धान गर्न विभिन्न प्रहरी कार्यालयमा कार्यरत दक्ष अनुसन्धान अधिकृतहरुसहित कुकुर पनि प्रयोग गरिएको छ ।
घटनाको अनुसन्धान गर्न संघीय इकाइ प्रहरी कार्यालय कोशीका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ गइसकेको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पनि घटनास्थलतर्फ जाने तयारी भइरहेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । सिआइबीबाट एसपी उमा चतुर्वेदीको नेतृत्वमा एक इन्सपेक्टर र एक जुनियर प्रहरी अधिकृतको टोली अनुसन्धानमा लागेको छ ।

उता प्रदेश १ का डिआइजी केदार रिजाल पनि घटनास्थलतर्फ जाने तयारीमा हुनुहुन्छ । अनुसन्धानमा कुनै कसर बाँकी नराख्न भन्दै सम्पूर्ण नाकाहरु शिल गरेर प्रहरीले अभियुक्तको खोजी सुरु गरिसकेको जनाएको छ ।
गतराति स्थानीय धनराज शर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

धनराजको परिवारका ५ जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका ४ जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको छ
यस दुर्घटनामा १२ वर्षीया बालिका भने भागेर बाँच्न सफल भएकी छिन् । घर नजिकै एक जनाको शव झुण्डेको अवस्थामा भेटिएको पनि बताइएको छ । प्रहरीले घटनालाई लिएर अनुसन्धान थालको छ ।

Related Articles

Back to top button
Close