समाचार

आमाले तरकारी बेचेर पढाएको छोरा जिल्लाकै पहिलो पाइलट बने !

रोल्पा जिल्ला रोल्पा नगरपालिका– २ थलिवाङका शिव डाँगीे जिल्लाकै पहिलो पाइलट बनेका छन् । बाबू प्रेम बहादुर डाँगी र आमा शोभा डाँगको छोरा शिव सानैदेखि पढाईमा निकै अब्बल थिए ।

सानो उमेरदेखिनै कडा परिश्रम गरेर पढेका उनको लक्ष्य नै पाइलट बन्ने थियो । रोल्पा जिल्लामा जन्मिएका शिव घरको आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि आमा र बाबूले खेती किसानी गरेर भएपनि छोराको इच्छा पुरा गरेका छन् ।

नेपाली सेनाको हवल्दार भएर रिटायर भएका बाबू प्रेम बहादुरले तरकारी खेती गरेर पढाएका छोरा यतिबेला पाइलट बनेर दिनदिनै आकाशमा जहाज उडाउँछन् । आफ्नो लक्ष्यदेखि नडग्मगाएका उनी छिमेकीले कुरा काट्ने खिल्ली उडाउने गर्दा पनि आफ्नो लक्ष्यदेखि बितलित भएनन् ।

कक्षा १० सम्म रोल्पाबाट आवासिय माध्यमिक तहको पढाइ पुरा गरेका उनी उच्च माविको पढाइ पुरा गर्न राजधानी आएका थिए । त्यसपछि फिलिपिन्सको मनिलामा फास्ट एडिएसन एकेडेमीमा पाइलट कोर्ष शुरु गरे ।

पाइलट बन्ने सपनामा बोकेर फिलिपिन्स पुगेका उनलाई सुरुमा नै कलेजले धोका दियो । पहिलो कलेजमा भर्ना गर्न ३२ लाख खर्च गरिसकेका शिवलाई फेरि दोस्रो कलेजमा भर्ना गर्नुपर्यो । निरन्तर ८ वर्षसम्म पाइलटको कोर्स गरेपछि आफ्नै देशमा काम गर्ने सोच बनाएर नेपाल फर्केका उनी अहिले नेपाल र भारतको आकाशमा दैनिक जासो जहाज उडाउँछन् ।

नेपाली सेनाबाट रिटायर भएका बाबूको मासिक तलबले घर खर्च चलाउन पुग्दैनथ्यो । विद्यालयमा उत्कृष्ट नतिजा ल्यार सधै प्रथम हुने भएको कारण कक्षा १२ सम्म छात्रवृत्तिमा पढेकोले खर्च कम लागेको शिवकी आमा शोभाले बताइन् ।

छोराको सपना पुरा गर्न रात दिन तरकारी खेतीमा तल्लीन शोभा बिहान बेलुका तरकारी बेचेर महिनामा ४०, ५० हजार कमाउने गर्थिन् । ब्यापारबाट आएको रकम छोराको पढाइ खर्चमा ठिक हुन्थ्यो । शिवले पाइलट बन्ने कुरा गर्दा छिमेकीले खिल्लली उडाउने गरेको आमा शोभोको भनाइ छ ।

तरकारी बेचेको पैसा र केही जग्गा जमिन बेचेको करिब १ करोड पैसाले जेठो छोरा पाइलट भयो कान्छो छोरा तरकारी बेचेर कमाएको पैसाले काठमाडौँमा इन्जिनियर पढ्दैछ । खेती गरेर नै भएपनि आफ्नो सन्तानको सपना पुरा गर्न सकेकोमा आफुहरु खुसी रहेको शिवका आमाबाबूले बताएका छन् ।

तरकारी खेतीमा आफ्नो सन्ताको सपना देखेका बाबू आमा र छोराको अडिक लक्ष्यको कारण सबै पुरा भएको र हिजो खिसी गरेर उडाउनेहरु नै आज रोल्पाको एक मात्र पाइलट भनेर छोराको प्रसंशा गरेको देख्दा आफुमा खुसीको सिमा नै नरहेको आमाको भनाइ छ ।

मध्यवर्गिय परिवारका शिव यतिबेला रोल्पाकै उदाहरण बनेका छन् । उनी अहिले बुद्ध एयरको विमान नेपाल र भारतको आकाशमा सधैजसो उडाउने गर्छन् ।

Related Articles

Back to top button
Close