समाचार

बिहेपछि पहिलाचोटी सामने आउनु साथै चर्चित पत्रकार रबि लामिछानेले किन मांगे क्षमा ? हेर्नुहोस

नेपाल पत्रकारिता जगतमा नयाँ क्रान्ति लिउन सफल भएर करोडौं नेपालीको मन जित्न सफल भएका सेलिब्रेटी पत्रकार रवी लामिछानेले नेपाल चलचित्र बोर्डकि पुर्व अध्यक्ष निकिता पौडेल शुक्रबार परम्परागत रुपमा वैवाहिक बन्धनमा बाँधिएका छन् । केही महिना अघि कानुनी विवाह गरिसकेका उनीहरुले आज परम्परागत रुपमा बिहे गरेका हुन् ।

न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकार रवी लामिछानेले चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष समेत रहेकी निकिता पौडेलसँग वैवाहिक बन्धनमा बाँधिने मिति केही दिन अगाडी नै सार्वजनिक भईसकेको थियो ।

केहि समय अघिनै काठमाण्डौ जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गराईसकेका उनीहरुले शुक्रबार परम्परागत रुपमा वैवाहिक बन्धनमा बाँधिएका हुन् । रविले आफ्नो फेसबुकमा फोटो सहित एक स्ट्याटस पनि लेखेका छन् ।

रविले लेखेका छन्, हाम्रो बैवाहिक कार्यक्रममा उपस्थित भएर हाम्रो निमन्त्रणा स्वीकार गरि आशिर्वाद प्रदान गर्नु हुने सम्पुर्ण महानुभावहरुलाई हामी दुई र हाम्रो परिवारको तर्फबाट धेरै धेरै धन्यवाद। चाहेरपनि धेरैलाई निमन्त्रणा गर्न सकिएन। त्यसकालागि क्षमा चाहन्छौ।साथै विभिन्न माध्यमबाट हामीलाई शुभकामना र आशीर्वाद प्रदान गर्नुहुने सम्पुर्णमा हृदयबाट धन्यवाद।

Related Articles

Back to top button
Close