अशोक दर्जीको जन्मदिनमा टंकको रुवाबासी…(हेर्नुहोस् भिडियो)

Sharing is caring!

गायक तथा संगीतकार टंक बुढाथोकीको आज जन्म दिन, ‘उनले अशोक दर्जीको पनि आज नै जन्म दिन मनाउन लागेको बताएका छन् । झापाको निम्न परिवारबाट उदाएका बालगायक दर्जी सडक र चोक चोकमा गाउँदै हिड्ने बेला डिजे रुपकले भेटेर काठमाडौं टंक बुढाथोकी सम्म ल्याएका थिए । त्यसपछि टंकले आफ्नै छोरा सरह साथ दिइराखेका छन् ।

टंक बुढाथोकी र अशोक दर्जीको संयुक्त आावजमा रहेको गीत “मन बिनाको धन ठूलो कि धन बिनाको मन” सर्वाधिक हिट भयो त्यसपछि अर्को गीत “चौरीको राम्रो छुर्पी” ले पनि दर्शक स्रोताको राम्रो साथ पायो । आजको दिनलाई विशेष रुपमा लिइएको बताउँदै टंक बुढाथोकीले यस्तो लेखेका छन् ।

नमस्कार ।। धेरै कुरा सुने धेरै कुरा भोगे धेरै मान्छे चिने धेरै कुरा सिके सबैलाइ धन्यवाद ।। अशोक बाबुको काम गरि रहदा बाबुको नाम मै घर जग्गा राखीदिने सोचे पछि बाबुको document बनाउन जन्म दर्ता सम्म न भएको समयमा Dj Rupak Sapkota भाइ र म भएर धेरै मेहनत गरेर जन्म दर्ता बनिने वातावरण बनाए पछि जन्म दिन कुन हो भनेर अशोक बाबुको आमा बाबा लाइ बुझ्दा खै पानी परेको थियो त्यो दिन अशोक जन्मिदा भनेर भन्नु भयो यकिन गरेर यो दिन हो भन्न सक्नु भएन र कुनै दिन न कुनै दिन राख्नु पर्ने भयो अनि मैले मेरै जन्म दिन आज जेठ 3 गते राख्ने सोचे !