भर्खरै काठमाण्डौमा पानी ट्यांकरको ठक्करले एक युवतीको घटनास्थलमै मृत्यु

Sharing is caring!

काठमाडौँ – काठमाडौँ मल आगाडि पानी ट्यांकरले एक मोटरसाइकललाइ ठक्कर दिएको छ। ठक्कले मोटरसाइकलमा सवार युवतीको घटनास्थलमै मृत्यु भएको छ।

जनसेवा वृतका डिएसपी वासुदेव खतिवडाले पानी ट्यांकरको ठक्करले २३ वर्षीय सुनिता केसीको मृत्यु भएको बताए। उनका अनुसार ना २ खा ४२२२ नम्बरको पानी ट्यांकरले बा.३७.प. ११६६ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो। पानी ट्यांकरका चालक प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

त्यस्तै भरतपुरमा उपचारका क्रममा एक कैदीको मृत्यु भएको छ । क्यान्सर रोगले पीडित बारा डुमरवाना–७ की ३५ वर्षीया सरिता थिङको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारका क्रममा आज बिहान १ः३० बजे मृत्यु भएको हो ।

थिङ जिउ मास्ने बेच्ने मुद्दामा १० वर्षदेखि काठमाडौँ जिल्ला कारागारमा कैद सजाय भोग्दै आएकी थिइन् । एघार वर्ष जेल सजाय पाएकी थिङले १० वर्ष दुई महीना कैद भुक्तान गरेको र बाँकी १० महीना मात्र रहेको चितवन कारागारका जेलर कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । क्यान्सर रोगले पीडित थिङलाई १५ दिन अघिमात्र चितवन ल्याइएको उहाँले बताउनुभयो । चितवन कारागारमा अझै आठ क्यान्सर रोगका बिरामी छन् । शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।