समाचार

किन चाहियो साबित्री सुवेदीलाई खुलेआम यौन ब्यवसाय ?

इटहरी । पछिल्लो समय विवादित बन्दै गएकी चर्चिच महिला अधिकारकर्मी साबित्री सुवेदीले यौन ब्यवसाय बैधानिक बनाउन माग गरिन । महिला अधिकारका क्षेत्रमा आवाज उठाइरहेकी साबित्री सुवेदी पछिल्लो पटक यो कुराले थप विवादमा आएकी छिन ।

ऋाफ्नै परिवारलाई मुद्धा मामिला गरेर विवादमा आएकी साबित्रीले सामाजिक सञ्जालमा प्रहरीलाई कडा रुपमा गालि गरेकी छिन । प्रहरीले यौन ब्यापारलाई आयस्रोत्र बनाएको आरोपमा उनले लेखेको स्टाटस अहिले फेसबुक लगायत सामाजिक सञ्जालमा भाईरल भएको छ ।

लुकेर हुने यौन ब्यापारलाई कुनै ठाउँमा रेडलाईट एरिया तोक्न उनले गरेको मागलाई धेरैले गालि गरेका छन भने केहिले समर्थन समेत गरेका छन । यौन व्यवसायलाई वैधानिक बनाउन माग गरेकी उनले बलात्कार घट्ने र देशको अर्थतन्त्र बलियो हुने विचार राखेकी छिन् ।

महिला हिंसाविरुद्ध आवाज उठाउने साबित्रीले महिलालाई वेश्या बनाउनुपर्छ भन्ने विचार राखेपछि धेरैले आश्चर्य मानेका छन् । तर उनले गरेको प्रस्ताव भने यस अघि पनि विभिन्न विषयमा नेपालमा कुरा चल्दै आएको छ । यौनकर्मी महिलाहरुलाई स्वतन्त्रता दिनु पर्ने भन्दै मापदण्ड बनाएर नेपालमै यौनधन्दा चलाउन दिनु पर्ने उनको माग छ ।

Related Articles

Back to top button
Close