खुशीको खबर : बलिउड अभिनेत्री श्रद्धा कपूर नेपालकी बुहारी बन्दै, यी युवकले गर्दैछन् बिबाह

Sharing is caring!

एजेन्सी, मुम्बई । दीपिका पादुकोण र रणवीर सिंह, प्रियंका चोपडा र निक जोनसको ग्रान्ड विवाहपछि अब अर्की अभिनेत्री श्रद्धा कपूरको विवाहको खबर अहिले चर्चामा छ । उनी अर्को वर्ष कथित प्रेमी रोहन श्रेष्ठसँग विवाह बन्धनमा बाँधिन लागेको खबर बाहिरिएको छ । रोहन नेपाली मुलका हुन् । उनी भारतमा बसेर फोटोग्राफी गर्दै आएका छन् । श्रद्धासँग उनी एक वर्षदेखि प्रेममा रहेको चर्चा छ ।

एजेन्सीको अनुसार, श्रद्धाले विवाह गर्ने मुड बनाएकी छन् र उनी चाँडै रोहनसँग विवाह गर्नेछिन् । बर्षौदेखि एकअर्कालाई राम्रोसँग चिन्ने उनीहरुले गएको वर्षदेखि डेटिङ सुरु गरेका हुन् । श्रद्धा अहिले ३३ वर्षकी छन् । उनलाई माता(पिताले विवाहको बारेमा सोच्न सल्लाह दिएका छन् । उनले प्रेमी रोहनसँग पनि विवाहको बारेमा कुरा गरिसकेको खबर छ । सबै ठिक रहे अर्को वर्ष दुईले लगनगाँठो कस्ने अपुष्ट खबर छ ।

यसअघि श्रद्धा र फरहान अख्तरको रिलेसनसिपको खबर आएको थियो । ुरक अनु फिल्मको छायांकनको बेला उनीहरु नजिक भएका थिए । तर, श्रद्धाका पिता शक्ति कपूरले यस्ता गसिपको खण्डन गरेका थिए । उनले छोरीको विवाहलाई पनि अफवाह मात्र रहेको दाबी गरेका छन् । उनले छोरीले अझै ५ वर्ष विवाह नगर्ने र अहिले उनी पाइपलाइनमा रहेका फिल्ममा फोकस रहेको बताएका छन् ।

श्रद्धा र रोहनको लिंकअपलाई लिएर भएको सवालमा उनले भने, यो फिल्म इन्डस्ट्री हो, लिंक गर्दैमा केही हुँदैन । रोहनका पिता बलिउडका लोकप्रिय फोटोग्राफर हुन् र मेरो राम्रो साथी हुन् । मेरी छोरीले आफ्नो लाइफमा जे भए पनि मलाई शेयर गर्ने गर्छिन् । उनी परिवारको अनुमती बिना कहिल्यै विवाह गर्दिनन् । रोहनले पनि यसअघि श्रद्धा मिल्ने साथी मात्र रहेको बताएका थिए ।

अहिले श्रद्धा फिल्म साहो मा व्यस्त छिन् । यो फिल्मको दोस्रो टिजर उनको जन्मदिनमा सार्वजनिक गरिएको थियो । यो फिल्ममा बाहुबली स्टार प्रभास मुख्य भूमिकामा छन् । टिजरमा प्रभास र श्रद्धालाई जबरजस्त एक्सन लुक्समा देखिएको थियो । यो फिल्मबाट श्रद्धा कपूर साउथ सिनेमामा डेब्यू गर्दैछिन् । फिल्मका निर्देशक सुजीत हुन् । यो फिल्मका लागि श्रद्धाले एक्सनमा निकै मिहिनेत गरेकी छन् ।GERMAN NEPAL