ह्वातै घट्यो सुनको मूल्य

Sharing is caring!

काठमाडौंः आज सुनचाँदीको मूल्य घटेको छ । बजारमा बिहीबारको तुलनामा शुक्रबार सुन ५ सय र चाँदी १० रुपैयाँले घटेको हो ।
बजारमा आज छापावाला सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदी भने आज प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः शुक्रबार, जेठ ३, ११:१६