समाचार

कालिन्चोक भगवती मन्दिरमा देखियो यस्तो अचम्मको दृश्य (भिडियो) Ads by AdMana.net

काठमाडौं। कालिन्चोक भगवती नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । मनले आटेको पु¥याउने भगवतीका रुपमा कालिन्चोक भवगतीको पूजा तथा आरधना गरिन्छ ।

कुरीबजार देखि उकालो करिव १ घण्टा पैदल यात्रा गरी कालिन्चोक भगवती स्थानमा सहजै पुग्न सकिन्छ । कालिन्चोक भगवती दोलखा जिल्लाको रमणीय एवम् धार्मिक हिसाबले महत्वपूर्ण स्थानका रुपमा परिचित छ ।

सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३ हजार ८ सय ४२ मिटरको उचाईमा छ । जनैपुर्णिमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ । यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो ।

अहिले सामाजिक संजालमा एउटा भिडियो भाइरल भएको छ । उक्त भिडियोमा कालिन्चोक मन्दिर परिसरमा एक जना महिलालाई देवी आएको भन्दै ‘मलाई बलि नदिनु भनि चिच्याउदै गरेको देख्न सकिन्छ ।

उक्त भिडियोमा अब देखि कालिन्चोक मन्दिरमा बलि नचढाउन अनुरोध गरेको देखिन्छ । माता उत्रे पछी भक्तजनले ल्याएको बलि समेत फिर्ता भएको छ ।
बाकी यो भिडियोमा हेर्नुस :

Related Articles

Back to top button
Close