समाचार

टंक बुढाथोकी र अशोक दर्जी आज एकसाथ जन्मदिन मनाउँदै

काठमाडौं ३ जेठ ।

मुस्कान / गायक तथा संगीतकार टंक बुढाथोकीको आज जन्म दिन, ‘उनले अशोक दर्जीको पनि आज नै जन्म दिन मनाउन लागेको बताएका छन् । झापाको निम्न परिवारबाट उदाएका बालगायक दर्जी सडक र चोक चोकमा गाउँदै हिड्ने बेला डिजे रुपकले भेटेर काठमाडौं टंक बुढाथोकी सम्म ल्याएका थिए । त्यसपछि टंकले आफ्नै छोरा सरह साथ दिइराखेका छन् ।

टंक बुढाथोकी र अशोक दर्जीको संयुक्त आावजमा रहेको गीत “मन बिनाको धन ठूलो कि धन बिनाको मन” सर्वाधिक हिट भयो त्यसपछि अर्को गीत “चौरीको राम्रो छुर्पी” ले पनि दर्शक स्रोताको राम्रो साथ पायो ।

आजको दिनलाई विशेष रुपमा लिइएको बताउँदै टंक बुढाथोकीले यस्तो लेखेका छन् ।

नमस्कार ।। धेरै कुरा सुने धेरै कुरा भोगे धेरै मान्छे चिने धेरै कुरा सिके सबैलाइ धन्यवाद ।। अशोक बाबुको काम गरि रहदा बाबुको नाम मै घर जग्गा राखीदिने सोचे पछि बाबुको document बनाउन जन्म दर्ता सम्म न भएको समयमा Dj Rupak Sapkota भाइ र म भएर धेरै मेहनत गरेर जन्म दर्ता बनिने वातावरण बनाए पछि जन्म दिन कुन हो भनेर अशोक बाबुको आमा बाबा लाइ बुझ्दा खै पानी परेको थियो त्यो दिन अशोक जन्मिदा भनेर भन्नु भयो यकिन गरेर यो दिन हो भन्न सक्नु भएन र कुनै दिन न कुनै दिन राख्नु पर्ने भयो अनि मैले मेरै जन्म दिन आज जेठ 3 गते राख्ने सोचे !

अशोक ले कुनै दिन मलाइ भुले पनि मैले सधै सम्झि रहुँ । आज हामी दुबैको जन्म दिन मनाइ रहदा हाम्रो यो सम्बन्ध यति धेरै गाढा बनाइदिनु हुने हामीलाइ सधै हौसला माया साथ दिनुहुने हजुरहरु सबैलाइ धन्यवाद ।। आज अशोक दर्जी बनाउन सबै भन्दा ठुलो भुमीका निभाउनु हुने सम्पुर्ण पत्रकार दाइ साथी हरुलाइ धन्यवाद ।। आज मेरो नया प्रोजेक्ट सपना रिलिज साथै birthday को भेटघाट कार्यक्रम भएको हुनाले हजुरहरुलाइ हामी Studio 9 मा भेट्ने छौँ ।

Related Articles

Back to top button
Close