समाचार

अभिनत्री शिल्पासँग छवि ओझाले सुटुक्क बिहे गरेको रहस्य खुल्यो, सम्बन्ध स्विकार्दै लेखे यस्तो स्टाटस

श्रीमान–श्रीमती स्वीकारेर बसे पनि लामो समयसम्म निर्माता छविराज ओझा र अभिनत्री शिल्पा पोखरेलले आफ्नो सम्बन्ध लुकाएर दर्शकलाई मुर्ख बनाइरहे । अभिनेत्री रेखा थापासँग डिभोर्स भएपछि छविले शिल्पालाई फिल्म क्षेत्रमा ल्याएर अगाडि बढाए । र आफैले दुवै नजिक भएको सूचना चुहाए । फिल्म क्षेत्रका अधिकांश दुवैको सम्बन्धको बारेमा जानकार थिए, तर सँधै प्रेमी–प्रेमीकाको रुपमा मात्रै परिचय दिए ।

सुटुक्क आफन्तहरु बोलाएर विवाह गरे । कन्यादान दिने ब्यक्तिको नाम खुल्यो । तापनि विवाहबारे सोच्दैछौं भनेर मुर्ख बनाउने प्रयास गरिरहे । ओझाकी पूर्वपत्नी थापाले आफ्नो डिभोर्स भइसकेको र शिल्पासँग विवाह गरिसकेको ब्यक्तिसँग आफ्नो नाम नजोड्न सार्वजनिक रुपमै आग्रह गरिन् साञ्चारकर्मीलाई । तापनि ओझा दम्पतीले स्वीकारेनन् ।

दुवै आफ्नो सम्बन्धबारे नबोलेको भए चासो नै हुदैनथ्यो । विवाह गरेर पनि विवाह गर्ने सोचमा रहेको छ भन्दै डाँटिरहेपछि एक वर्षअघि दुवैको विवाहको फेहरिस्ता खोलिएपछि विवाहबारे सार्वजनिक रुपमा बोल्न छोडेका थिए । सत्य कतिदिन लुक्न सक्थ्यो र ? आखिर ओझा आफैले सामाजिक सञ्जालमा शिल्पासँगको तस्वीर राखेर सम्बन्ध स्वीकार्दै अंग्रेजीमा लेखे, ‘मेरो जीन्दगीको सुरुवात तिमीसँगै हुन्छ । र म चाहन्छु यसको अन्त्य पनि तिमीसँगै होस् । कोही यो कुरामा केही भन्न चाहन्छ भने अब म त्यो कुरा सुन्ने पक्षमा छैन ।’
ठीकै छ त, ढिलै भएपनि स्वीकार्नु राम्रो हो । -शुक्रबार साप्ताहिकबाट ।

Related Articles

Back to top button
Close