टन्क बुढाथोकीको साङ्केतिक फिल्मको टिजर सार्वजनिक ( भिडियो सहित )

Sharing is caring!

चर्चित गाएक तथा संगीतकार टन्क बुढाथोकीको नयाँ प्रोजेक्ट बजारमा आउने तयारिमा रहेको छ। सपना नाम दिईएको उक्त प्रोजेक्ट एक म्युजिकल कथा भनिएको छ। यश गितमा स्वर टन्क बुढाथोकीका छोरा ए आरको रहेको छ भने कथामा चर्चित मोडेल दुर्गेश थापाको अभिनय रहेको छ।

सपना नाम दिईएको यश कथा यहि शुक्रबार बजारमा आउने तयारिमा रहेको छ भने आज यसको टिजर बाहिरिएको छ। टिजरमा एआर बुढाथोकीको स्वरमा जुनत लाग्यो ताराले , सपना सपना यस्तै यस्तै शब्द सुन्न सकिन्छ। यश म्युजिकल कथालाई क्रान्ती केसिले निर्देशन गरेका छन ।
यसै प्रोजेक्टलाई लिएर टन्क बुढाथोकीले भनेका छन , नमस्कार ।। अहिले सम्म गरेका काम हरु भन्दा धेरै फरक नया काम सपना मा गरेका छौँ । आशा छ हजुर हरुको माया साथ पाउने छौँ ।

यश अघि मन बिनाको धन ठुलो र चौरिको चाम्रो छुर्पी बजारमा आए लगतै अत्याधिक सफल भएको थियो भने यहि शुक्रबार रिलिज हुने यो गित पनि उत्तिकै सफल हुने आशा आम दर्शक र गाएक तथा संगीतकार टन्क बुढाथोकीको रहेको छ।त्यसो त अहिले सम्म दर्जन भन्दा बढी हिट हिट गित दिई सकेका टन्क बुढाथोकीको नेपाली साङ्केतिक दुनियामा छुट्टै पहिचान रहेको छ। बाल गाएक अशोक दर्जी र टन्क बुढाथोकीको जोडिलाई धेरैले रुचाएका छन । हाल अशोक दर्जी एआर संगै काठमाडौमै अध्ययनरत छन भने टन्क बुढाथोकीको परिवारको सदस्य भएर बसेका छन। हेर्नुहोस सपनाको टिजर भिडियोमा।

You may have missed