समाचार

पोखरामा अर्को अनौठो घटना : जसले बच्चा जन्माउने वित्तिकै बाँसघारिमा फालिदिईन… (भिडियो सहित)

पोखरामा अनौठो घटना भएको छ । एक महिलाले बच्चा जन्माउने वित्तिकै बाँसघारिमा फालिदिएकी छिन् । पोखरा १६ बाटुलेचौर स्थित अम्बिका टोलमा बस्दै आएकी रञ्जु भनिने सीमा मगरले जन्माउने वित्तिकै छोरीलाई बाँसघारिमा फालिदिएकी हुन् ।

उदयपुर घर भएकी सीमा श्रीमानले छोडेपछि पोखरामा बस्दै आएकी थिइन । बस्दै गर्दा चिनेजानेको एकजनासँग उनको शारिरीक सम्पर्क भयो, र बच्चा जन्माईन् पनि ।
आर्थिक अवस्था कमजोर भएकी सीमालाई बच्चा पाल्ने आँट आएन उनिले प्रहरी संग भनिन । जन्मिसकेको बच्चा मार्ने हिम्मत पनि उनले गरिनन् र पाल्न नसक्ने भएपछि घर आडैको बाँसघारिमा लगेर फ्याँकिदिईन ताकि अरुले देखोस् र कसैले लगेर पालोस् भनेर । ‘मेरो बच्चाको माया धेरै छ ।

तर पाल्ने अवस्था छैन । मार्न पनि सकिन, प्रहरीसँगको बयानमा उनले भनिन–कसैले लैजाओस् भनेरै देख्ने ठाउँमा फालिदिएको हुँ ।’
सीमालाई गर्भधारण गराउने पुरुषलाई प्रहरीले पक्राउ गरिसकेको छ । फेला परेको शिशु पनि उनकै जिम्मा लगाउने तयारी छ । स्थानीयले नवजात शिशु देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

उक्त सिसुलाई गण्डकी अस्पतालमा राखिएको छ । अहिले बच्चाको अवस्था सामान्य रहेको र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । भिडीयो हेर्नुहोस्

Loading...

Related Articles

Back to top button
Close