समाचार

१४० रुपैयाँ किलोमा किनेको गोलभेडा संग सेल्फी खिचेर हराउला भनेर यही स्टुडियोमा नै लिएर आएको छु ।

कृषि प्रधान देश हेर्दा हेर्दा विचौलिया प्रधान देश भयो । कृषि योग्य जमिन प्लट प्लटमा विक्री भए । उत्पादन शुन्य प्राय भयो, देशको पैसा विदेश गयो र हाम्रो भान्सामा आउने तरकारीको मूल्यले आकाश छोयो ।तरकारीको मूल्यले आकाश छोएर के गर्नु, उत्पा दन गर्ने किशान हातमा ठेला छ । विचौलियाको हातमा पैसाको बिटो । किसानले साइकलबाट मोटरसाइकलमा प्रगति गर्न सकेन विचौलियाका सपरिवार मोटरमा हुइकिन थाले । किशानको पसिना तरर्, विचौलिया चाँही मोटरमा सरर् ।कृषिमा आत्मनिर्भरता नभए पछि अब देशलाई कृषि प्रधान देश भन्नु भन्दा पनि कृषि प्रधान हुन पुनः प्रयत्नरत देश भनिदिदा उपयुक्त होला ।

गोलभेडाको मूल्य थ्री डिजिटमा पुग्यो । एउटा इन्टे«स्टिी कुरा भनौ । दर्शकहरु कहिलकाँही केही सेलिव्रेटीहरुसँग सेल्फी लिनु हुन्छ र उक्त फोटो सामाजकि सञ्जालमा राखेर प्रस्तस्तै लाइक, सेयर, कमेन्टहरु कमाउनु हुन्छ ।अब जमाना चेन्ज भयो कुनै सेलीबे्रटी को भन्दा चाँही गोलभेडाको मूल्य चर्काे भैसक्यो । गोलभेडा किनेर खान सक्ने मान्छेको हैसियत नै बेग्लै भैसक्यो । त्यसैले अब सेलिब्रेटी होइन गोलभेडासँग सेल्फी लिनुस् । त्यसपछि ओहो, यो त गोलभेडा किनेर खान सक्ने मान्छे रहेछ भनेर तपाईको फलोअर्स नै बढ्छन् । मैले त यी गोलभेडासँग सेल्फी लिइसके ।

यी १४० रुपैयाँ किलोमा अघि भर्खर किनेको गोलभेडा, हराउला, चोरी होला भनेर यही स्टुडियोमा नै लिएर आएको छु । सेल्फी त मलाई २५ रुपैयाँमा एउटा दाना मात्र आउने कागतीसँग लिन मन थियो । अर्को सेल्फी मलाई एक मुठ्ठाको ४० रुपैयाँ पर्ने साग सँग पनि लिन मन थियो । एक मुठा साग होइन एक मुठ्ठा परालले बाँधेको एक त्यान्दो सागसँग भनौ न अझ ।सेल्फी साग र कागतीसँग लिन मन थियो तर आज सकिन, भोली १ गते तलब आउँछ त्यसपछि खल्तीमा भएको पैसा थपथाप गरेर कागति र सागसँग सेल्फी लिनु पर्ला ।

त्यतिमात्र होइन यो विहेको सिजनमा परम्परागत विहे गर्नेहरुको किस्सा झन इन्ट्रेस्टिङ छ ।केटालाई केटी र केटीलाई केटा जुराइदिने लमीहरुलाई केटा वा केटी पक्षले जब खानदान कस्तो हो, के कस्तो हैसियत छ भनेर सोधिन्छ, सारा लमीहरु जवाफमा भन्न थालेका छन् हजुर कुल घरानको कुरा नगरौ, असाध्यै हुने खाने परिवार हो, दिन दिनै तरकारीमा पनि गोलभेडा हालेर खान्छन र कागति निचोरेको गोलभेडाको अचार त प्रत्येक दिन साँझ विहानै भन्सामा अटुट ।हुनेखानेका लागि सुन्दा हल्का रमाइलो सुनिएपनि हुँदा खानेहरुले तरकारी किनेर खान कठिन भैसक्यो ।

किसनाको बारीबाट १३ रुपैयाँमा हिडेको तरकारी उपभोक्ताको भान्सामा पुग्दा ८०÷९० रुपैयाँको भैसक्छ । यसरी बाटैमा, मोटर टु मोटर, सटर टु सटर सयाँै प्रतिशत भाउ बडेको तरकारीको मूल्यमा बिचमा बस्ने एक थोपा पसिना न बगाउनेले तर मार्छ ।गरीब किसान जसले आफ्नो पसिना सिंचेर तरकारी उमार्छ उसको घर परिवारको गरिबी जस्ताको त्यस्तै छ नत तरकारी किन्ने उपभोक्ताले नै सस्तोमा तरकारी किन्न पाए । तरकारीका विचौलियाको जीवनस्तर, जीवनशैली यस्तो छ कि यो देशका किशानले यही देशमा बसेर यो जुनीमा सायद त्यस्तो सानदार जीवन कहिल्यै बाँच्न पाउने छैनन् ।

त्यसैले यो देश कृषि प्रधान देश रहेन यो देश विचौलिया प्रधान देश भैसक्यो । अर्काको पसिना विचमा बसेर खाने जस्तो सजिलो काम छोडेर कसले हातमा ठेला उठाउँछ ? त्यही भएर होला पुस्तौदेखि खेती किसानी गर्दै आएका पुर्खाका सन्तानहरु आफ्नो पाखो बारी बाँझो छोडेर खाडीमा ५५ डिग्रीको गर्मीमा जागिर खान बाध्य भए ।आफ्नै खेत बारीमा काम गर्दा चिट चिट आउने पसिना त बेला बेलामा सरर् बहन हावाले सुकाउथ्यो । तर खाडीमा चिसो हावा चल्दैन, मुटु पोल्ने तातो बालुवा मिसिएको हावा बहन्छ, पसि ना सुकाउन लगाएको लुगा खोलेर मज्जाले निर्चोनु पर्छ ।

किसान बचाउन सकेको भए आँखाले भ्याए जति जमिन भएको नेपालीको छोरी कहिल्यै सितल नहुने खाडीमा जान्थ्यो ?न सहुलियत, न प्रोत्साहन, न बजार न मूल्य । फलस्वरुप रोपनीका रोपनीको उर्वर पाखो बेचेर शहरको भिडमा ४ आना जग्गा किन्ने र ५÷१० बर्ष विदेशमा हाड घोटेर सानो घर बनाउने भन्दा माथि आमा नेपालीको सपना पुग्न सकेन । गाँउमा स्वच्छ हावा पानी र रमाइलो परिवेषमा लठ्ठी विना ३ गाँउ डुल्न सक्ने वा आमा शरहको सानो घरको छिँडीको चिसोले थला परे, रोगी भए ।यस्तो उर्वर भूमी, सुन फल्ने खेतबारी भएको देशले जग्गा प्लटिङ गर्छ।

त्यो जग्गा बैंकमा धितो राख्छ र आफ्ना नवयुवकहरुलाई बालुवा नै भएको देशमा पठाउँछ, त्यहाँ श्रम गरेको पैसा नेपाल पठाएपनि उसको त्यही पैसा विदेश पठाएर यो देश चामल, दाल, तरकारी, लत्ता कपडा, तेल, चिनी, सबका सब कुरा किनेर पसिनाको पैसा फेरी विदेश पठाउँछ । गाउँघर, शहर बजार, अड्डा अदालत, सिंहदरबार बालुवाटार मेचिदेखि महाकालीसम्म हरेक क्षेत्रमा विचौलिया नै विचौलीया पालेर पनि समृद्धिको गफमा ताली पड्काउन सक्ने जनता संसारको कुनै पनि देशमा पाइदैन, शिवाय, हाम्रो नेपालमा ।

Related Articles

Back to top button
Close