समाचार

पत्रिका पढेपछि जेठाजुले यसरी खुकुरीले काटे बुहारीलाई, शरीरभरि रगत ! प्रतक्ष्यदर्शीको डरलाग्दो बयान (भिडियो सहित)

ललितपुर । करोडौ नेपालीको मन जितेको सुन साइली बोलको गीतमा अडियो इन्जिनियरिङ गरेका उज्वल महतमाथि बिहीबार गम्भीर आरोप लागेको छ । उनलाई भाइबुहारीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । उनले बिहीबार दिउँसो २५ वर्षीय बुहारी अञ्जना महतमाथि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । उज्वलले गत मे महिनामाा फेसबुक स्टाटसमा कानको समस्याका कारण अडियो इन्जिनियरिङ नगर्ने उल्लेख गरेका छन् । उनले पछिल्ला दिनमा आफ्नो फेसबुकमा शंकास्पद क्रियाकलाप देखिएको उल्लेख गरेका छन् । ‘एक्सीस ब्यान्ड’ मा संलग्न उनले ड्रमसेट बजाउने गरेको फेसबुक प्रोफाइलमा देखिन्छ।महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुका अनुसार उनको परिवारमा कसैसँग नराम्रो थिएन ।

खिउजुका अनुसार विगत केही महिनादेखि अलि अस्थिर भएको देखिन्छ । परिवारसँग खासै राम्रो बोलचाल गर्दैनथे। यद्यपि दाजुभाइको सम्बन्ध सुमधुर थियो। छिमेकी उनलाई राम्रो छवि बनाइसकेका म्युजिसियनका रुपमा हेर्छन् । उनका चिनजानका साथीभाइ सभ्य र भद्र भन्छन् । एउटै घरमा बुबा-आमा, उज्वल उनकी श्रीमती र एक छोरासँगै भाइ बुहारी बस्थे। स्थानीयका अनुसार अहिलेसम्म सबै मिलेर बसेको बताउँछन् । बिहीबार भाइ अफिस गइसकेपछि उनले बुहारीमाथि नै खुकुरी प्रहार गरे । दिउँसो ब १:३० बजे २५ वर्षीय बुहारी अन्जना लामाको विभत्स हत्या गरे । ‘आमा बुहारी काटेर आएँ, प्रहरी बोलाउनुहोस्’, आमाको भनाइ उद्धृत गर्दै खिउजुले भने । बुहारीलाई काटिसकेपछि उनले खुकुरी बरन्डामा राखेका थिए ।

बुहारीमाथि खुकुरी प्रहार भएको कोठा पूरै रगतले छोपिएको छ। खिउजुका अनुसार उनको घाँटी छिन्नै लागेको थियो । टाउको र हातमा सयौँ पटक खुकुरी हानेका छन् । प्रहरीका अनुसार अभियुक्त महतको एउटा औंला काटिएको छ। बज्रबाराही अस्पतालमा उपचार हुन नसकेपछि उनलाई पाटन अस्पतालमा लगिएको थियो । पाटन अस्पतालले बी एण्ड बी पठाएको थियो । उनको औंलाको शल्यक्रिया गर्न समय लाग्ने भएपछि अहिले भने महानगरीय प्रहरी वृत्त चापागाउँमा राखिएको छ। बुहारी अञ्जना विदेश जाने तयारीमा थिइन् । उनमा मानसिक समस्या रहेको प्रहरीको प्रारम्भिक छानबिनमा खुलेको छ । हेर्नुहोस् भिडियोः

Related Articles

Back to top button
Close