समाचार

फेरि पथरीमा सडेको अवस्थामा अर्को शव फेला (भिडियो हेर्नुहोस्)

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १० का कमल धिमाल मृत अवस्थामा फेला परेका छन्। सोही वडाको पशुपती सामुदायीक वनको बागे सिमसार क्षेत्रमा घाँटीमा डोरी लगाएको अवस्थामा धिमालको शव फेला परेको हो।मृतक धिमालको शव रहेक छेउको रुखमा समेत डोरी बाँधिएको छ।

धिमाल २७ गते शुक्रबार बिहान देखि हराएको छोरा राजेश धिमालले बताए । बिरामी अवस्थामा रहेका बाबु बिहिबार राति सुतेको शुक्रबार बिहान हेर्दा नभएपछि प्रहरीमा जानकारी दिएका थिए।वनमा च्याउ खोज्न आउने शिविरका केही ब्याक्तीहरुले सडेको अवस्थामा नरिवलको डोरीले घाँटीमा बाँधेको अबस्थामा शव भेटेपछि प्रहरीलाई जानकारी दिएका थिए।

Loading...

Related Articles

Back to top button
Close