सिन्दुर हाल्न नपाई लुटियो भिमको तीन वर्षे प्रेम, अलबिदा सुनिता

Sharing is caring!

काठमाडौं । चोखो प्रेमलाई बिबाहमा परिणत गर्ने रहर सबैको हुन्छ । जसले सच्चा मनले माया गरेको हुन्छ उसले आफ्नो मायालु संगै जिबन बिताउने सुनौलो सपना पनि देखेको हुन्छ र हरेक प्रेमीको सपना हुन्छ आफ्नी प्रेमीकालाई विवाह गर्ने र उसको सिउँदो रंगाउने तर कैलाली लम्कीका भीमराज भण्डारी को भाग्यमा भने श्रीमतीको सिउँदो रंगाउन लेखेकै रैनछ । करिब चार वर्षको प्रेमलाई उनले विवाह परिवर्तन त गरे तर सिउँदो रंगाउन भने पाएनन् ।

सुनिता रावल र भीमराज भण्डारीले विवाह गरेको तिन वर्ष पुग्नै लागेको थियो । विवाह गरेको तिन वर्ष हुँदा पनि परिवारमा लगातार जुठो परेका कारण भीमले सुनिताको सिउँदो रंगाउन भने पाएका थिएनन् । आफ्नी श्रीमतीको सिउँदोमा सिन्दुर हाल्ने दिन कुर्दै थिए भिम तर भीमको त्यो सौभाग्य काह रहेछ र ? आफ्नो प्रेमलाई विधिवत रुपमा आफ्नो बनाउन नपाउदै सुनितालाई सदाका लागि दैवले चुँढेर लग्यो आफ्नी श्रीमतीको सिउँदो रंगाउने भीमको सपना यो जुनीमा अधुरै रह्यो ।
भीमकी श्रीमती सुतिनाको मंगलबार कलेजबाट फर्किने क्रममा पूर्वपश्चिम राजमार्गको लम्कीमा ट्रकले च्यापेर ज्यान गएको छ । ट्रकले सुरुमा हात मात्र च्यापेको तर पछि ब्याक गरेर किचेर मारेको प्रत्यक्षदर्शीहरु बताउछन् ।

मात्र ललितपुरस्थित कान्तिपुर इन्टनेसनल कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै गरेका उनका श्रीमान भीम घटना घट्नु भन्दा केही दिन अघि मात्र काठमाडौं बाट घर पुगेका थिए । घर पुगेकै दिन पतिपत्नी कैलालीको घोडाघोडी तालमा घुमफिर गरी निकै रमाइलो पनि गरेका थिए । र घटना हुनु भन्दा अघिल्लो रात श्रीमान श्रीमती दुःख सुखका कुरा गर्दै अबेर सम्म निदाएका थिएनन् । त्यही रात नै सुनिताको अन्तिम रात बन्यो । अलबिदा सुनिता ।

You may have missed