बढ्यो कुवेती दिनारसहित अन्य देशको मुल्य , हेर्नुहोस् कुन देशको बिनिमय दर कति ?

Sharing is caring!

काठमाडौँ । आज सोमबार नेपाली बजारमा कुवेती दिनारसहित अन्य देशको मूल्य बढेको छ। आज नेपाल राष्ट्र बैँकले तोकेको बिनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ५६ पेसा रहेको छ भने बिक्रिदर १ सय १२ रुपैयाँ १६ पैसा रहेको छ। त्यसैगरी आज दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ५४ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६७ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६९ रुपैयाँ २६ पैसा रहेको छ।त्यस्तै आज साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९१ पैसा रहेको छ।युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५४ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रीदर २ सय ९७ रुपैयाँ ४४ पैसा रहेको छ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९७ पैसा रहेको छ। त्यसैगरी आज कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ८० पैसा रहेको छ।युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ ५८ पैसा, बिक्रिदर १ सय ४५ रुपैयाँ ७६ पैसा रहेको छ।

You may have missed