समाचार

पाथिभरा देवीको दर्शन गरि आज को राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : व्यापार व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले केहि दिन पर्खनुहोला । आर्थिक अभावले कामहरु रोकिने तथा समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने घर परिवारमा तथा पति पत्नि बिच राय बाजिनेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुँनेछन् । गोप्य कुराहरु बाहिर आउँन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) : जीवनसाथिको माध्ययमबाट महत्पपुर्ण तथा उपलब्धिमुलक कामहरु हुँनेछन् भने रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार बिस्तारको सवालमा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुँनेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : सत्रु परास्त हुँनेछन् भने न्यायिक निकायबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुँनेछन् । अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । व्यापार व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे आम्दानि गर्न सकिनेछ । मामा तथा मावलि पक्षसँग मिलेर गरिने कुनै पनि कामहरु सफलता पुर्वक सम्पन्न हुँदा मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा प्रगति हुँने तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । महत्वपुर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागि खर्च भने बढ्ने देखिन्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुँनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुँनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुँनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,ट) : राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त गर्नेछन् । अरुको काम गर्दा समय बितेको पत्तो नपाईने हुँदा आफ्नो काम भने थाति रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुँनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ । कृषि,पशुपालन तथा घरजग्गाको कारोबार गर्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि प्रसस्त आय आर्जन गर्न सक्नेछन् ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) : बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुँनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुँनेछन् । समय तपाईकै पक्षमा रहने तथा आर्थिक ब्याबस्थापनका पाटाहरु मजभुत हुँने हुँनाले जविन शैलिमा उल्लेख्य सुधार आउँनेछ । प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) : तपाईको प्रखर बोलिले सबैको मन जित्नेछ भने थोरै बोलेर धेरै आय आर्जन गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईलाई जनमानसमा लैजान सकिनेछ । सभा समारोहमा सहभागि भई आत्मिय मित्रहरुका साथ मिष्टान्न भोजन ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा वरिपरि देख्न तथा सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनेछ । कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । कला तथा साहित्यतिर समय दिनेहरुले आजको दिन मनग्गे आम्दानि गर्न सक्नेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ भने राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्न सक्नेछन् । निर्णय क्षमतामा बृद्धि हुँनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुँनेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुँनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुँनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुँनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । छोटो समय लगाएर गरिएको प्रयासबाट सार्थक तथा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । सरकारि साधन तथा प्राकृतिक स्रोतको प्रयोेग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुजनहरु खुसि रहनेछन् । भौतिक तथा सवारि साधन प्राप्तिको योग रहेको छ । चिठ्ठा तथा उपाहार प्राप्तिको गतिलो सम्भावना रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँनेछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा बिजयको योग रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । बुवा तथा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : बिशिष्ट ब्याक्तिहरु सँग भेट हुँनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ ।

यो पनि पढ्नुस

हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले’ महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पंक्तिमा मात्रै सीमित रहेन अहिले सिस्नोको चर्चा । कुनै बेला गाउँघरमा दुई छाक खानाको जोहो गर्न नसक्नेहरूले समेत तुच्छ खानाको रूपमा लिने गरेको सिस्नो अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुँराहरूमा महँङ्गो खानाको परिकारमध्येमा पर्न थालेको छ ।

घरभित्र छिराउन मिल्दैन भनिने सिस्नो अहिले डिपार्टमेण्ट स्टोरहरूमा सजिएर दिनमै हजारौं रूपैयाँ बराबरको बिक्री हुन थालेको छ । सिस्नोको उत्पादन, प्रशोधन र बिक्री गर्दै आएको सुनसरीको हिमालयन एग्रो प्रोडक्टले देशका मुख्य शहरहरूमा सिस्नो पाउडर पुयाइसकेको छ ।

राजधानीमा मुख्य कार्यालय रहेको सो कम्पनीले सिस्नो पाउडर देशभित्रमात्रै नभई अमेरिका, बेलायत, जापान, हङकङ, कोरियालगायतका मुलुकहरूमा पु¥याइसकेको छ ।

गोरखा, सिन्धुपाल्चोक, दोलखालगायत देशका विभिन्न ग्रामीण मुलुकहरूमा रहेका विभिन्न सहकारीहरूले सङ्कलन गरेको सिस्नोलाई राजधानीमा ल्याएर प्रशोधन गरी प्याकेजिङ र ब्राण्डिङमा जुटेको हिमालयन एग्रो प्रोडक्टले तयार गरेको रावा नामक ब्राण्डको सिस्नो सुप र चिया अत्यन्तै लोकप्रिय रहेको दाबी गर्छन् प्रबन्ध निर्देशक विशाल राई । वार्षिक ६० देखि ७० लाखको सिस्नो पाउडर बिक्री गर्दै आएका राईले यसकै आन्तरिक र बाह्य बजार विस्तार गर्नेतर्फ लागेको बताउँछन् ।

सिस्नो पछिल्लो समयमा सिस्नोको महत्वलाई बुझेर यसको कारोबारमा ओइरिने सङ्घ-संस्थाहरूको पनि लर्को लागेको छ । त्यसमा गाउँघरमा विभिन्न आमा समुह, सहकारीहरूले सिस्नोको प्रशोधनमा जुटेका छन् भने शहरमा दर्जनौं सङ्घरसंस्था र कम्पनीहरुले विभिन्न ब्राण्डबाट सिस्नोको कारोबार गरिरहेका छन् ।

खेती गर्न र स्याहारसुसार गर्न नपर्ने जंगल, भीर र पाखामा त्यत्तिकै खेर गइरहेको सिस्नोबाट बनेको धुलो राम्रो मूल्यमा बिक्री हुनका साथै विदेश समेत निर्यात हुन थालेपछि सिस्नो उत्पादन र प्रशोधनमा लागेकाहरू पनि हौसिन थालेका छन् । सिस्नोको धुलोलाई दाल, ढिंडो, सुपको रूपमा बनाएर खाने गरिन्छ भने हरियो सिस्नोको मुन्टा तरकारीको रूपमा खानेहरूको सङ्ख्या बढ्दो छ । सिस्नो पोषिलो हुनुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने भएकाले पनि यसको माग बढेको छ ।

मुलुकमा चुलिंदै गएको व्यापार घाटालाई कम गर्न र अर्थतन्त्रलाई माथि उठाउन धेरै ठूलो कायापलट गर्नुपर्दैन । केबल जहाँ जे उत्पादन भइरहेको छ, जहाँ जुन स्थानमा जे कुराको सम्भावना हुन्छ त्यसलाई बुझेर आवश्यक व्यवस्थापन गर्न सके धेरै हुन्छ । सिस्नोको झार मुलुकका पहाडी क्षेत्रमा जहिंतहीं पाइन्छ ।

गाउँघरमा पाइने सिस्नालाई गाईवस्तुको लागि खोले वा गरिबहरुले दाल र सागको रुपमा प्रयोग गरिरहेको पाइन्छ । खाद्यान्नको अभावमा प्रकृतिले दिएको सिस्नोको प्रयोग भएको पाइन्छ । तर पछिल्लो समय सिस्नो औषधि सावित भएपछि यसको माग विदेशमा निकै महँंगो दरमा भएको पाइन्छ । धनीहरुले यसलाई बढी प्रयोग गरिरहेका छन् ।

सिस्नोलाई गुणस्तरीय औषधिय गुणलाई स्वदेशी बजार चिनाउनमात्रै सकियो भने यसको उपयोगिता बढेर आर्थिक क्रियाकलाप बढ्छ । यसको विदेशमा हुने माग बमोजिम निकासी गर्न सक्यौ भने नेपालले अहिले झेल्दै आएको व्यापारघाटाबाट बनेको घाउलाई मल्हम लगाउन सकिन्छ । हामी कहाँ अथाह मात्रामा विभिन्न फाईदाजनक बहुमूल्य जडिबुटीको सम्भावना रहेको छ । तर त्यसको पहिचान हुन नसक्नु अहिलेको विडमम्बनाको रुपमा लिनुपर्छ । सजिलै पाइने देशको जुनसुकै ठाउँमा उत्पादन गर्न सकिने सिस्नोलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकियो भनेमात्रै पनि यसैबाट देशमा निकै नै धन कमाउन सकिन्छ ।

सिस्नो जहाँ कही पनि पाइन्छ तर त्यसलाई अहिलेको अवस्थामा पनि गाईवस्तुको खोलेको रुपमा प्रयोग भईरहेको हामीले पाएका छौं । अमेरिका, बेलायतजस्ता देशमा सुप, तरकारी, चिया, जुस, औषधि आदि विभिन्न रूपमा सिस्नुको पात तथा जराको प्रयोग गर्दै आइएको छ । यसका साथै सिस्नोको प्रयोगबाट अन्य फाइदा पनि प्राप्त गर्न सकिन्छ।

सिस्नोको नाम सुन्नासाथ हामी हरियो पात भएको काँडे घाँसलाई सम्झिन्छौ । सिस्नोसँग परिचित भएकाले त अझै यसलाई पोल्ने घाँसका रुपमा चिन्दछन् । हालैको एउटा अनुसन्धानले गाउँघरमा पाइने सिस्नु मानव स्वास्थ्यका लागि मात्रै नभई जीवजन्तुको लागि पनि बहुउपयोगी रहेको देखाएको छ । सिस्नोको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अण्डा पार्ने, मासु स्वादिलो हुने र अण्डासमेत गुणस्तरीय हुने देखिएको छ ।

साथै सिस्नोबाट तयार पारेको दाना खाएको कुखुराले साधारण दाना खाएको कुखुराले भन्दा दोब्बर बढी अण्डा दिने गरेको पनि अनुसन्धानबाट खुलेको छ । सिस्नो खुवाएको बंगुरको तौल नखुवाएको भन्दा धेरै भएको र मासुसमेत स्वस्थ्य रहेको पाइएको छ । त्यसैगरी सिस्नुलाई दानाको रूपमा खुवाइएको गाईको दूधको परिणाम र दूधमा चिल्लो पदार्थको मात्रसमेत उल्लेख्य बृद्धि हुने गरेको अनुसन्धानले प्रमाणित गरेको छ । सिस्नु खाँदा हाडजोर्नीलगायतका शरीरका विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ ।

सिस्नोमा के के पाइन्छ ? रायोको सागमा ३ सय ५० आई.यू.भिटामिन मात्रै पाइन्छ भने सिस्नोमा १२ सय आई. यू. भिटामिन ए, र भिटामिन सी अत्यधिक रुपमा पाइन्छ । तस्तै आइरन, फमिक एसिडलगायतका अन्य तत्वहरु पनि यसमा पाइन्छन् । भिटामिन पाइने अन्य तत्वहरु भन्दा सिस्नोमा सबभन्दा बढी भिटामिन हुन्छ ।

सिस्नोको नियमित प्रयोगबाट किड्नीको समस्या, पिसाब पोल्ने, दम, बाथ रोग, डाइटब्यालेन्सलगायत रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ । यसका साथै सिस्नोको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चाँया पनि हटाउँछ । महिनावारी अनियमीत हुने ग्यास्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाइसिस, पथरी, ग्याष्टिक, बाथ, अल्सर, कब्जियत, पायल्स, मधुमेह, जुका, युरिक एसिड, मुत्ररोगी, रक्तअल्पता, नपुसंकता, बाझोपन भएका बिरामीलाई उपयोगी मानिन्छ ।

त्यसैगरी पुरुषको शुक्रकिट उत्पादन, भाँचिएको र मर्केको हाडहरुलाई जोडन, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरिरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाँड दुख्ने, घुँडा र जोर्नी दुखेको, झस्को पसेको, सर्को पसि सोला हान्ने जस्ता रोग निको पार्न सिस्नोको पाउडर प्रयोग हुने गरेको छ । यसलाई झोल बनाएर खाना सँगै प्रयोग गर्न पनि सकिन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् ।

यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो । यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलित रहेको छ । यसमा २५५ सम्म प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो । सिस्नोको प्रयोग गर्ने विधि १० ग्राम सिस्नोको धुलोलाई २ सय मिलिलिटर तातो पानीमा मिसाएर रातभरि भिजाएर छोडिदिने र बिहान खाली पेटमा खाने । यसरी नियमित रुपमा प्रयोग गर्दा छोटो समयमै यसबाट फाईदा लिन सकिन्छ ।

मानिस स्वस्थ रहनका लागि पनि भित्री पेटको सफाई अनिवार्य हुन्छ यसको लागि सिस्नो भन्दा उत्तम विकल्प अरु केही हुन सक्दैन । शरिरका भित्री अंगहरुको सफाइ गर्ने उपाय सजिलो छ । तर हामी कतिले थाहा पाएर पनि त्यो उपाय प्रयोग गरेका छैनौं । शरिरका बाहिरी अंगको सफाइका लागि पानी, श्याम्पु र साबुनले नुहाए जस्तै भित्री अंगको सफाइका लागि सिस्नु खानु पर्ने वैज्ञानिकहरुले बताएका छन्न् । हामीले हप्तामा एक पटक पानीले नुहाए जस्तै गरी नियमित रुपमा हप्तामा एकपटक सिस्नु खाने ग¥यौं भने शरिरका भित्री अंग पनि सफा हुने नेपालका कृषि बैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

हप्ताको एकपटक सिस्नु खानाले पेटमा रहेका सबै बिकार दिसाको माध्यमबाट बाहिर जाने तथा दिसाको थैलो सफा हुने कृषि बिज्ञहरु बताउछन् । हप्तामा एकपटक सिस्नु खाने मान्छेसँग जुनसुकै प्रकारका रोगहरुसँग लड्ने क्षमता पनि बढी हुन्छ । सामान्यतया यस्ता मान्छेलाई कुनै पनि रोगले छुँदैन । बहुगुण भएको यो सिस्नो हाम्रो पहाडी क्षेत्रका गाँउ घरका वारीका कान्लामा पाईने हुँदा घरमा यसलाई सागको रुपमा पनि प्रयोग गर्न सकिन्छ । हामीले खाने सागहरु मध्ये सिस्नु पनि एक उत्कृष्ट सागमा पर्छ ।

यस्ता अमूल्य जडीवुटीहरु हाम्रौ घर आंगनमा भएता पनि यसको प्रयोग कसरी र केमा आउछ भन्ने थाहा नहुँदा हामी यस्ता खालका जडीवुटीलाई काटेर त्यसै नष्ट गर्ने र घर पालुवा चौपायको लागी खोले, सोत्तर, घाँस जस्ता कार्यमा प्रयोग गरी रहेका छौ । हाम्रो देश कृषि प्राधन देश भएको हुनाले यहाँ मध्यम वर्गका मानिसहरुको धेरै बसोबास छ र गरिबीको रेखामुनी पर्ने मानीस जो अस्पतालको पहुँच भन्दा धेरै टाढा रहेको छन् ।

यस्ता खालका मानीसहरुलाई यी बहुआयमिक खालका गाँउघरमै पाईने जडीबुटीका बारेमा चेतना दिन सके औषधी नपाएर अकालमा ज्यान गुमाउन बाध्य मानिसको संख्या कम गर्न सकिन्थ्यो । त्यस्तै जागिर नपाएर विदेशीएका जनशक्तिलाई हाम्रा गाँउघरका जडीवुटीको सदुपयोग बारेमा बुझाउन सके यस्ता बहुआयमिक जडीबुटीको खेती गरी आयआर्जनको राम्रो स्रोत हुने र यसरी विदेशीने जनशक्तिलाई कम गर्न मद्दत पुग्दथ्यो ।

नेपाल विकास उन्मुख राष्ट्र भएको हुँदा देशमा पाइने जडीबुटी संकलन गरी प्रशोधन गरि औषधिको रुपमा विदेश पैठारी गर्न सके राष्ट्रले राम्रो आम्दानी गर्न सक्थ्यो र रेमिट्यास र वैदेशिक सहयोगको भर पर्नुपर्ने बाध्यता अन्त्य हुने थियो ।

Related Articles

Back to top button
Close