समाचार

राजेश हमालनै चकित परे को बन्छ करोड पतिमा पहिलो करोड पती हेर्नुहोस??

पछिल्लो समय नेपालको लोकप्रिय कार्यक्रम ‘को बन्छ करोडपति’ को प्रथम सिजनको पहिलो एक करोड पति भएको घोषणा सहित एसआरविएन मिडिया परिवारले प्रोमो सहितको प्रेस वक्तव्य जारी गरेको छ। जारी गरिएको उक्त प्रोमो भिडियोमा विजयी भएका व्यक्ति अनुहार भने देखाइएको छैन । तर उक्त को बन्छ करोडपति सो का होस्ट तथा महानायक राजेश हमालले विजयी व्यक्तिले १ करोड धन राशि जितेको कुरा घोषणा गरेको उक्त प्रोमो मा देख्न सकिन्छ । ती भाग्यमानी करोडपति व्यक्ति को हुन भन्ने हेर्नको लागी श्रृखलासम्म कुर्ने पर्नेछ ।

एसआरविएन मिडिया परिवारद्वारा जारी विज्ञप्तिमा लेखिएको छः विश्वकै प्रख्यात टेलिभिजन रियालिटि शो “who wants to be millionaire” को नेपाली भर्सन “को बन्छ करोडपति” ले सगौरव ४० औं इपिसोड प्रशारण गरिसकेको छ । एपिवान टेलिभिजनबाट हरेक शनिवार, आइतवार र सोमबार सांझ ८ः३० बजे प्रशारण भइरहेको कार्यक्रमले पुर्व मेचीदेखि पस्चिम महाकालीसम्म सबै परविारलाई टेलिभिजन सेट अगाडि बसाउन सफल भएको छ । पछिल्लो समय हरेक घर, चोक, गल्ली बस्ती, विद्यालय तथा उच्च शिक्षा प्रदान गर्ने संस्थाहरुमा KBC कै चर्चा हुने गरेको जानकारी गराउन पाउदाँ एसआरविएन परिवार गौरवान्वित भएको छ ।

दर्शकको अपार माया र साथ पाउँदा पाउँदै पनि केविसिको ४० औं इपिसोडसम्मको यात्रामा कुनै पनि प्रतियोगीले २५ लाखसम्म रकम जित्न नसक्दा केहि हदसम्म नैराष्यता उत्पन्न भएको महषुश भएकै हो । सामान्यतया केविसि नेपालमा सोधिने प्रश्न कठिन नै भएको हो त भनेर केविसि टिमलाई सोच्नै पर्ने अवस्था आउँदै लाग्दा एक जना प्रतियोगीले एक करोड रुपैयाँ जित्न सफल भएपछि केविसि नेपाल तथा एसआरविएन परविारलाई ज्ञानको भण्डार नै भाग्य चम्काउने एक मात्र अचुक उपाय हो भन्नेमा विश्वस्त तुल्याएको छ ।

एक करोडको यात्रा मात्रै तय नगरी एक करोड रुपैयाँ जित्न सफल भएका विषय यहाँको गौरवशालि संचारमाध्यमबाट जनसमक्ष सञ्चार गर्न पाउँदा केविसि नेपाल तथा एसआरविएन मिडिया परिवार ज्यादै हर्षित भएको छ । यो जीतसंगै “को बन्छ करोडपति” कार्यक्रमले आफ्नो पहिलो सिजनमै बहुप्रतिक्षित करोडपति पाएको छ ।

केविसि नेपालकी क्रियटिभ हेड सुरक्षा अधिकारी ज्ञानले नै को बन्छ करोडपति जस्तो कार्यक्रममा करोडको यात्रा तय गराउने कुरालाई स्थापित गरिसकेको बताउनुहुन्छ, उहाँ भन्नुहुन्छ “को बन्छ करोडपतिमा सहभागी हुने पहिलो र शर्त नै ज्ञान हो, प्रतियोगीमा जति धेरै ज्ञान हुन्छ त्यति नै रकम जित्न सफल हुने कुरा त स्पष्ट नै भइसकेको छ ।”

को बन्छ करोडपति एपिवान टेलिभिजनमा हरेक शनिवार, आइतवार र सोमबार सांझ ८ः३० बजे प्रशारण भइरहेको छ । यस्तै केविसि नेपालको युट्युब च्यानल तथा हाम्रो पात्रो एपमा तथा केविसि नेपालको युट्युब च्यानलमा ताजा तथा पुराना कार्यक्रमहरु जुनसुकै समयमा पनि हेर्न सक्नुहुनेछ । हामीलाई टेलिभिजनमा हेरेर र युट्युब च्यानल मार्फत हेरेर आफ्ना अमुल्य सल्लाह र सुझाव दिनुहुने सम्पुर्ण दर्शकहरुलाई धेरै धन्यवाद दिन चाहन्छौं । लाइभमाण्डुको सहयोगमा

विजयी भएको घोषणा सहितको भिडियो प्रोम्रो हेर्नुहोस्:

Related Articles

Back to top button
Close