समाचार

महानायक राजेश हमालले विज्ञापन खेलेको जगदम्बा स्टिल विजुलीको बील नबुझाउने ठूला घरानियाँको सुचीमा, साँढे २ अर्ब नतिर्न जालझेल !

काठमाडौं हेलिकोप्टरबाट ओर्लिएर महानायक राजेश हमालले भन्छन्,‘यो विशाल फ्याक्ट्री । राष्ट्रको सबैभन्दा ठूलो स्टिल फ्याक्ट्री । यो हो जगदम्बा स्टिल । स्टिल कारखाना पुगेर भन्छन्,‘यस फ्याक्ट्रीद्वारा उत्पादित ५० टन भन्दा बढी फलामे बस्तुहरु देशका महत्वपूर्ण संरचना निर्माण गर्न प्रयोग भइसकेका छन् । साथै मुलुकको निर्माण सामग्रीमा लगभग ५० प्रतिशत हिस्सा अगट्न सफल यो हो जगदम्बा स्टिल‘‘।’ यो विज्ञापन तपाइ हामिले पक्कै ुनेका र देखेका छौ

नेपाली चलचित्रका महानायक राजेश हमालले विज्ञापन गरेको जगदम्बा स्टिल राज्यलाई साँढे २ अर्ब ५० करोड विजुली महशुल नबुझाएपछि विवादमा तानिएको छ ।यस जगदम्बा स्टिलका मालिक शाहिल अग्रवाल रहेका छन् । जगदम्बा स्टिलले नेपाल विद्युत प्राधिकरणलाई २ अर्ब ५० करोड रुपैयाँ तिर्नुको सट्टा आनाकानी गरिरहेको पाइएको छ ।अग्रवालको स्वामित्व रहेको जगदम्बा स्टिललाई नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइनमार्फत चौविसै घण्टा विद्युत उपलब्ध गराउँथ्यो ।

उच्च स्रोतले शंकर ग्रुपकमा महापवन्धक रहेका शाहिल अग्रवाल शक्तिकेन्द्रको प्रयोग गर्दै अर्बौ रकम मिनाहा गर्ने दाउमा रहेको दाबी गरेको छ । उच्च स्रोतले ‘डेडिकेटेड फिडर र ट्रंक लाईन’ मार्फत विजुली प्रयोग गरेपछि अग्रवाललाई बिलिङ भने नगरेको बताएको छ । २०७३ देखि २०७५ फागुनसम्मको शुल्क २ अर्ब ५० करोड बुझाउन बाँकी रहेको बताइएको छ ।कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा बिलिङ नगरेको बताएका छन् । विजुलीको बील नबुझाउने ठूला घरानियाँको सुचीमा शहिल अग्रवाल पहिलो नम्बरमा छन् ।

तर सरकारले भने अझैसम्म लाइन दिइरहेको छ ।सर्वसाधरणले ५ सय रुपैयाँ नबुझाउँदा लाइन काट्न पुग्छन् । तर , ठूला घरानिया व्यापारीले साँढे २ अर्ब रुपैयाँ नबुझाउँदा र अटेरि गरिरहँदा नेपाल विद्युत प्राधिकरण के हेरेर बसिरहेको छ ।

Related Articles

Back to top button
Close