समाचार

गायिका सरस्वति लामा १ करोड लिएर हिँडिन् अर्कै पुरुषसँग, पूर्वपतिले दिए प्रहरीमा उजुरी!

२५ बैशाख २०७६,काठमाडौं
पछिल्ला समयमा गायिका सरस्वति लामा निकै चर्चामा आएका गायिका हुन् । सोलुखुम्बुको दुधकुण्ड गाउँपालिकामा जन्मिएर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल गायिका हुन् सरस्वती लामा । उनलाई नेपाली गीत संगीतको क्षेत्रमा रक गायिका भनेर पनि चिन्ने गरिन्छ ।

उनी काभ्रेपलाञ्चोकका धनबहादुर लामासगँ सस्वतीले प्रेम विवाह गरेका थिए । वैदेशिक रोजगारीका लागि उनी युएई गएका थिए । धनबहादुर लामा आफ्नी श्रीमती अर्कैसँग हिँडेको खबर पाएपछि उनी नेपाल आए ।

एक करोड बढीको सम्पत्ति लिएर अर्कै पुरुषसँग बिहे गरेको खुलेको छ । सरस्वतिको पहिलो श्रीमान् धनबहादुर लामा (डिबी) ले आफूले विदेशमा कमाएर पठाएको सम्पत्ति सबै लिएर सरस्वति अर्कैसँग हिँडेको निवेदन प्रहरीमा दिएपछि यो तथ्य खुलेको हो ।

उनकै उजुरीका आधारमा प्रहरीले चलचित्र निर्माता पिटर खालिङ र सरस्वतिलाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडिदिएको छ ।सरस्वती केही समयअघिदेखि चलचित्र निर्माता पिटरसँँग बस्दै आएको बताइएको छ ।

दुई छोरीको बाबु पिटरले पहिलो श्रीमतीलाई डिभोर्स गरेर सरस्वती लामासँग घरजम गरेको रहस्य खुलेको छ । निर्माता पिटरले श्रीमतीसहित सम्पत्ति लगेपछि धनबहादुरले दुवैविरुद्ध ठगी र बहुविवाहको मुद्दा दर्ता गर्ने तयारी गरेको बताइएको छ । पिटर र सरस्वती खालिङ चलचित्र ‘द डार्क एन्ड लाइट’ चलचित्र निर्माणका बेलादेखि नजिकिएका हुन् ।

Related Articles

Back to top button
Close